महादेव अधिकारी जीका केस्राहरु
![]() |
- महादेव अधिकारी काठमाण्डौ,हाल-यु.ए.ई. |
"नेपालमा"
नाम मात्रको देश खाली
जनता रोएका कहाली
युवाशक्ति विदेशीएका
भएपछि नेता नै जाली
नेता खाउ थप्पड खाली
पाउने छैनौ अब ताली।
"माटोमा"
उदाउँला भाग्य झलमल बनी
मेहनत पसिना बगाउँ भनी
लड्दै र पड्दै नेपाली माटो भरि
सुन झै अनाज फलाउँनु छ'नि
सपना आउला साकार नै बनी
कहिले त जोतेर कहिले खनि।
०२-०१-२०१३
"रूप"
देखेर तिम्रो रूपको गोलाई
हेर्दछु म त टोलाई टोलाई
स्याउको दाना हो कि या कपोल
अमूल्य कुरा हुदैन मोलाई
जूनको जस्तो चेहरा गोलाई
बसेको छु म लोलाई लोलाई।
१६-११-२०१२
"गुरू"
गुरू भएमा ज्ञान पाउछ
ज्ञान भए आलोक छाउछ
शिष्य शिक्षित भयो भने
विद्यानिधि कहलाउछ
भाग्य भएमा गुरू पाउछ
विधृत गरि कहाँ आउछ।
१२-११-२०१२
"राष्ट्रियता"
दासताको धन चाहिँदैन
विरोधीको गुण गाईदैन
हुनुपर्छ राष्ट्र सुरक्षित
राष्ट्रियता किन्न पाईदैन
बिखण्डन वादी चाहिँदैन
कलंक यसमा लाईदैन।
१०-११-२०१२