![]() |
केस्रा प्रवक्ता:- कृष मगर चितवन,हाल- यु.ए.ई. |
हुन्न रै'छ यहाँ चोखो,माया दिने
बल्ल आज मैले उस्को,माया चिनेँ
कलेजो र मुटू यहाँ,लिलामी छ
छानी छानी भन कस्तो,माया लिने
चाह थियो धेरै धेरै,माया दिने
बाध्यतामा मैले अर्को,माया किने ।
०२-०१-२०१३
"प्रकृति"
उजाडमा हरियाली आफै, रून्छ
प्रकृतिको आफ्नै जहाँ, नियम हुन्छ
अझै हावा निष्ठूरी भै, दिन्छ जब
कोईलीको व्यथा कस्ले, कहाँ सुन्छ
चरी देखि परी यसै, बेला रून्छ
बैरागले हाम्रा मन, मुटु छुन्छ ।
"मनोभावना"
आकाशमा चम्किने, यौटै हो तारा
जुनको नि उस्तै उस्तै, त हो पारा
मनभित्र जूनतारा, राख्नुपर्छ
ज्यूँनलाई दिनमात्रै, कहाँ हो सारा
चम्काउने धर्ती उनै, त हो तारा
नबुझे त झर्ने आँशु, कै हो धारा ।
०५-११-२०१२