- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 1 January 2013

घोषणा:- 'केस्रा' आधिकारिक वार्षिकी

"केस्रा" साहित्य विधाको आधिकारिक वार्षिकी

    केस्रा''विधा सार्वजनिक भएको पहिलो वर्ष पुरा हुन लागेकोछ। हामीले कुन समय [संवत्]लाई आधिकारिक मान्यता दिए उपयुक्त होला ? [केस्रा विधाको सार्वजनिक मिति वि.स. १७-०९-२०६८ अथवा सन् ०१-०१-२०१२ मध्ये कुनै एक संवत् लाई वार्षिकी मान्यता दिनका लागि गरिएको मत सर्वेक्षण अनुसार दुवै संवत् सम्बन्धी
अभिमत तथा धारणा यस्तो रहेकोछ]:-
दिलिप “सगर” राई [केस्रा प्रवक्ता] > नेपाली विधा भए पनि “केस्रा”को परिकल्पना,कार्यपत्र लेखन र उद्घाटन प्रवास [मलेसिया] बाट भो,सो ०१-०१-२०१२ नै मानौ।

जीवन देवान “गाउँले” [केस्रा प्रवक्ता] > मिति खाली मिति मात्रै होईन मिति कुनै सन्दर्भ पनि हो,यसो हुँदा ०१-०१-२०१२ संग केस्राको सान्दर्भिकता छ।

कृष मगर [केस्रा प्रवक्ता] > नेपाली मितिलाई नै ग्राह्यता दिनुपर्छ। भलै विधाको जन्म प्रवासमा भएको होस् तर नेपाली साहित्य नै यसको गन्तव्य रहन गएको हुँदा जन्मदिन पनि नेपाल र नेपालीमै हुनुपर्छ।

जीतमान राई "सबिन" ['केस्रा'विधा सार्वजनिक तथा पत्रकार सम्मेलन'का प्रमुख अतिथि]>  मलेसियाबाट औपचारिक रुपमा प्रतिपादन भएको एउटा नयाँ साहित्य विधा 'केस्रा"को औपचारिक घोषणा भएको एक वर्ष पुरा भएको छ,यो हाम्रो लागि खुशीको कुरा हो ।अंग्रेजी संवत् मा घोषणा भएकोले यो नै उपर्युक्त हुनेछ।किनकि नेपाली "केस्रा' विधा पनि अन्तर्राष्ट्रियकरण हुनु पर्दछ।ढिलो-छिटो त्यो हुन्छ नै त्यसको लागि "केस्रा"नेपाली संवत् मा खुम्चिनु हुन्न।

     अंग्रेजी मितिमा अभिमत दिनु हुनेहरु:-
भक्ति प्रसाद पौड्याल –नेपाल [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > मिति जुन राखे पनि हुँदो हो तर सम्झन सजिलो सबैलाई चैँ अंग्रेजी तारिख हुन्छ । त्यो फिक्स्ड हुन्छ ।

डा. रवीन्द्र समीर -नेपाल [लघुकथाकार] > साहित्यको कुनै निस्चित जात, धर्म, भुगोल, मिति हुंदैन तसर्थ भूमण्डलिकरणको यो युगमा जनवरी एकलाई हामी हाम्रो प्रस्थान बिन्दु मानेका छौं । यही दिनमा हरेक बर्ष हुनेछन्- केस्रा विधाका साहित्यिक कृयाकलापहरु । यहाँहरुको माया, हाम्रो लागि उर्जा हुनेछ ।

देश सुब्बा हाल- हङ्कङ् [“भयवाद” प्रवर्तक] > एउटै मिति बनाउने हो भने अंग्रेजीमा राख्दा राम्रो हुन्छ । किनभने अंग्रेजी सधैँ एउटै हुन्छ। नेपाली मिति परिवर्तन भैरहन्छ।

हाङ्युग अज्ञात हाल- हङ्कङ् [कवि] > तपाईंहरूले नेपालभित्र गर्नु भएको भए वि.सं. चलाउनुस् ।नेपालबाहिर सार्वजनिक गरेको भए इस्वी सम्वत् चलाउनुस् । इस्वी सम्वत् लाई इन्टरनेसनल रुपमा मानिन्छ।

न्च विस्मृत हाल- साउदी अरब [कवि] > यहाँहरूले प्रवासमा बसेर केस्रा विधाको जन्म दिनुभएको आधारमा अङ्ग्रेजी मिति उपयुक्त ठान्छु।

खुक्सङ खम्बू –नेपाल [कवि] > अंग्रेजी नै ठीक होला,किन भने अहिले worldwide english date नै चल्दैछ, नेपालमा पनि चल्न थालेकोछ।
विश्वदीप तिगेला हाल- ब्रुनाई [विश्व नेपाली साहित्य महासंघ- महा सचिव ]
निराजन बतास -नेपाल [पत्रकार]
राम नेपाल [पत्रकार “नेपाली खबर पत्रिका’,मलेसिया]


     नेपाली मितिमा अभिमत दिनु हुनेहरु:-
दीप्स् शाह हाल- इजराल [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > नेपाली समयलाई मान्दा हुन्छ,किनकि भोलि यसको अध्ययन अनुसन्धान हुँदा सकेसम्म नेपाली मिति नै खोजिन्छ।

मनु लोहोरुंग राई हाल- अमेरिका [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > हामीले नेपाली भाषा संस्कृतिको लागि नै सबै लेखन सिर्जना गरेका हौँ | त्यसैले मैले चाहीं १७-०९-२०६८ साललाई नै आधिकारिक समय मान्दा बेस हुन्छ होला।

मधु माधुर्य हाल-रसिया [विश्व नेपाली साहित्य महासंघ - अध्यक्ष ]> सन् लाइ ब्रकेटमा रहदा उपयुक होला,तेसो गर्दा राष्ट्रिय-अन्तर्राष्ट्रिय दुवै मापदण्डलाइ समन्वय गरे जस्तो पनि हुन्छ, नेपाली साहित्यको प्रसंग भएकोले वि.स.नै राम्रो होला।

सुरेन लिम्बू 'परदेशी' हाल - भारत [अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह - अध्यक्ष ]केस्रा विधालाई नेपाली भाषा–साहित्यमा प्रयोग गर्ने अभियान भएको हुनले यसको थालनिको मिति पनि मलाई चाँही नेपाली मिति नै सान्दर्भिक जस्तो लाग्दछ
बालन्द राई नेपाल [संगीतकार]
पोष्टराज चापागाई –नेपाल [नयाँ छन्दहरु प्रवर्तक]


तटस्थ:
डा.गोविन्दराज भट्टराई –नेपाल [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > मैले ठुला कार्य पत्रमा पनि केस्रा लेखनको नाम उल्लेख गरेको छु,अघि बढिरहनु होला।

प्रकाश आङ्देम्बे –नेपाल [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > राम्रो कामको लागि जुनैलाई माने पनि फरक पर्दैन।दुई वटालाई राख्नु एउटा नेपाली भएको नाताले अर्को world wide

गणेश खड्का हाल-सेसल्य [केस्रा विधा प्रतिपादनको लागि सल्लाह/सुझाव] > मेरो बिचारमा दुबै। नेपाली तिथी-मितिलाई प्राथमिकता दिने,तदनुसार भनेर अंग्रेजीलाई पनि सम्झिने ।

खगेन्द्र लिम्बू हाल- थाइल्याण्ड [“अमूर्तबोधी दर्शन”] > यसलाई महत्वपूर्ण मान्दिन म । केस्राले जीवन-जगतकोलागि कति भूमिका खेल्दैछ भन्ने महत्वपूर्ण हो ।

केस्रा सर्जक तथा शुभचिन्तकहरु:
[फेसबूक] 'केस्रा लेखन मञ्च'मा गरिएको सर्वेक्षण अनुसार:
नेपाली मितिमा अभिमत दिनु हुनेहरु जम्मा १६ जना हुनुहुन्छ।
अंग्रेजी मितिमा अभिमत दिनु हुनेहरु जम्मा १० जना हुनुहुन्छ।

विधा तथा साहित्यको विस्तार:
        वर्तमान समयमा कुनै पनि कार्य,वस्तु,वाद,आर्थिक,राजनीति,सामाजिक,साहित्यिक आदिको प्रभाव विश्वव्यापी रहँदै आएकोछ।सङ्कोचित दायरामा रहँदा गुणात्मक रहेता पनि त्यसले जति क्षेत्रमा आफ्नो प्रभावलाई विस्तार गर्नु पर्ने हो त्यति कदापी हासिल गर्न सक्दैन।यसर्थ यसले आफ्नो सिमित दायरालाई खकुलो पारेर फराकिलो कदम चालिए मात्र सर्वमान्य तथा विश्वको ध्यानाकर्षण गराउन सफल हुन्छ।आज विश्व साहित्य पनि यसैको सेरोफेरोमा अघि बढी रहेको सर्वविदित नै छ।कुनै पनि राष्ट्र या राष्ट्रिय भाषाको साहित्यलाई दोश्रो भाषामा अनुवाद गरिने भएकोले भाषा वा साहित्यको क्षेत्राधिकार सर्वव्यापी भईरहेकोछ।यसरि नै एक राष्ट्र वा एक भाषामा प्रतिपादन भई स्थापित भएका साहित्यका विधाहरु अनेकौ राष्ट्र भाषा र राष्ट्रिय भाषामा रुपान्तरण/भाषान्तरण भइ प्रचलनमा आईरहेकोछ।आज ‘केस्रा’ विधा नेपाली साहित्यमाझ प्रतिपादन भई नेपाली भाषामा उर्वरा भएता पनि यसले समयक्रमसंगै अन्य राष्ट्र वा राष्ट्रिय भाषामा पनि उपस्थिति जनाउन सक्नु पर्दछ,अनि मात्र यस विधाले सर्वव्यापी रुप धारण गरि सर्वमान्य भई कालान्तरसम्म नै स्थापित रहनेछ।

निष्कर्ष:
        ‘केस्रा’ साहित्य विधाको आधिकारिक मिति[संवत्]तोक्नका लागि मत सर्वेक्षणमा प्राप्त भएको अभिमत तथा धारणामा गम्भीर भई निराकरण गरिएकोछ।यस विधाको खोज-अनुसन्धान गरिएमा ‘केस्रा’ विधाको सार्वजनिक मिति वि.स. १७-०९-२०६८ अथवा सन् ०१-०१-२०१२ यी दुवै मितिलाई अनिवार्य आधार मानिनेछ।विशेषत: नेपाली साहित्यको लागि ‘केस्रा’विधा प्रतिपादन भएको हो।यो गौरब सर्वदा नेपाली साहित्य र नेपाली साहित्यकारमाझ अकाट्य रहि रहने छ। ‘केस्रा’विधाको गोष्टि,सेमिनार,प्रतियोगिता आदि कार्यक्रममा दुवै मिति [संवत्]को अनिवार्य उल्लेख गरिएता पनि यसको आधिकारीक वार्षिकोत्सवको अनुपम दिन भने हरेक वर्ष जनवरी १ तारिख रहने निर्णय गरिएकोछ।
                                                      ‘केस्रा’ प्रवर्तक - मौलश्री लिम्बू
[प्रकाशित मिति:- ०१-०१-२०१३]