- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Friday 4 January 2013

दिलिप 'सगर' राई

        दिलिप 'सगर' राई जीका केस्राहरु
 
केस्रा प्रवक्ता:-दिलिप 'सगर'राई
मोरंग  
"वचन"

रोप्यौ वचनको छुरी
चल्यो सन्देहको हुरी

भलै मन नजिकिए
बढ्यो मित्रताको दुरी

घोपिन्दा विषालु छुरी
उड्यो विश्वासको धुरी।

"कामना"

आकाश झैं हवस् चाहना
हिमाल झैं हवस् भावना

प्रकाश भै तिम्रो जीवन
संसारै गरोस् है रवाना

तिम्रो उन्नती मेरो चाहना
शान्ति, दीर्घायुको कामना।
०२-०१-२०१३

"जीवन"

जीवन हो फूलको थुङ्गा
नदीमा तैरिएको डुङ्गा

घामपानी छलेर जाने
मर्ने बाँच्नेको छैन टुङ्गा

ओइली झरि जाने थुङ्गा
हो की होईन भन लुङ्गा ?
[लुङ्गा= लिम्बू भाषामा दाजूबहिनीको छोरा-छोरी बीच सम्बोधन हुने नाता वा अपरिचितसंग परिचित हुनलाई गरिने सम्बोधन शब्द। ]
३०-१२-२०१२

"मन्त्री ज्यू"

खोकेर चर्किला भाषण
जमाई सत्तामा आसन

ढल्किन्दै सुटमा मन्त्री ज्यू
खाको छौ सर्कारी रासन

गर्दै बकम्फुसे भाषण
गर्या छौ सकुनी शासन।

"सिम्मा"

साकेला सिली नाँचेकी
झीनो कम्मर भाँचेकी

चौबन्दी लाकी सिम्माले
नौमुरी माया साँचेकी

सुम्नीमा जस्तै नाँचेकी
हौ मेरै लागि बाँचेकी।
[सिम्मा= राई भाषाको शब्द हो। यसको नेपाली अर्थ 'कान्छी'।]
२८-१२-२०१२

[प्रकाशित मिति:- ०४-०१-२०१३]