- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday, 6 October 2015

मौलश्री लिम्बु

मौलश्री लिम्बू जीका केस्राहरु

     "लज्जा"

समानताको चर्को आवाज
जस्ले गर्छ उस्को क्रियाकाज

मर्नु र मार्नुको बन्यो पर्व
सदैव गरेर चालबाज

दबाएर दब्दैन आवाज
हग्ने भन्दा देख्नेलाई लाज।
       २०७२/०५/०१
***    ***
   
      "क्रान्ति"

Monday, 5 October 2015

केही केस्राहरु-१ (२०७२)

नरेन्द्र खेवा,तिलकराम,अनुराग भक्त र दुर्गा आचार्य जीका केस्राहरु
 
   "जीवन"
     
हतारेको मन
लथारेको तन

बेटुङो कल्पना
सङ्कुचित झन

मरेपछि मन
अर्थहीन जीवन ।
- नरेन्द्र खेवा
शिवसतासी,झापा
***   ***
   "एक्लोपन"

म तिमी बिना रुन्छु
थाहा छैन के हुन्छु

तिम्रो याद आएमा
तस्वीर सधैं छुन्छु

तड्पिएर म रुन्छु
आशुका भेल थुन्छु ।
  - तिलकराम अधिकारी
गुल्मी,हाल- कतार।
***    ***
   "घाति माया"

Thursday, 1 October 2015

राज तिमिल्सेना

      राज तिमिल्सेना जीका केस्राहरु
 
  "नेपाली राजनीति"

रोडमा जन्ताको हानाहान
नेतालाई  कुर्ची  तानातान

देशभक्तलाई  फाँसी  हुँदा
देशद्रोहीलाई  नै सम्मान

संसद भित्र  छ  हानाहान
छ  सय  एक नै  बलवान।
***   ***
         "वेदना"

Wednesday, 30 September 2015

विमल पोख्रेल

      विमल पोख्रेल जीका केस्राहरु  

     "मेरी आमा"
महान हुनुहुन्छ आमा मेरी
हुर्काउनु भो ममताले बेरी
सन्तानको खुशीमा आफु रम्दै
पीर ब्यथा आफ्नो हेर्दै नहेरी
स्नेहकी प्रतिमूर्ति आमा मेरी
पाउँ पुनर्जन्म यै कोख फेरी।
24 june 2015
***  ***
     "म"

Tuesday, 29 September 2015

लोकार्पण: माटोको मुन्धुम

माटोको मुन्धुम लोकार्पण तथा स्रस्टा सम्मान कार्यक्रम सम्पन्न
27Sep 2015/ जोहोर मलेसिया
          पहिचानवादी  स्रस्टा सन्तोष माबुहाङको पहिलो कृति ‘माटोको मुन्धुम’ मलेसियाको जोहोर राज्य स्थित सेन्टर हलमा लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । उहाँले लामो समयदेखि यता नेपाली साहित्य क्षेत्रमा सक्रिय रुपमा कलम चलाउदै आउनु भएको थियो।उक्त संग्रहको प्रकाशन हम्बे राईले गर्नु भएको हो।
        गंगा चाम्लिङ् तुम्रोकको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा  प्रमुख अतिथी तथा पहीचानवादी  साहित्यकार इन्द्र नारथुङेले  कृति  लोकार्पण गर्नु भएको थियो ।कृतिलाई जीतमान राई‘सविन’, रिना बम्जन तामाङ, भीम तामाङ, डिल्ली राई "मानबिर" ले  शुभकामना मन्तव्य राख्नु भएको थियो भने  उक्त कृतिमाथि प्रकाश राई "पुष्पक"ले समिक्षा गरेका थिए ।
     

Thursday, 24 September 2015

डा. विजय लिङ्देन


  डा. विजय लिङ्देन जीका केस्राहरु
"अवस्था"
दशै तिहार आयो आँसु झर्छ
अझै यहाँ कति सपूत मर्छ ?
संविधान दिई मख्ख नबन
हेराै तिम्रो विवेकले के गर्छ ?
बिहान मिर्मिरेमा तारा झर्छ
अब सद्भावको किरण सर्छ ।
०५/०६/२०७२
****   *****
   "नेता"