![]() |
- सागर सिलवाल ललितपुर,हाल- यु.के. |
"संघर्ष"
मैदान छोड्दिन हारेर
रुदिन म आँशु झारेर
जीवनको अर्थ संघर्ष
कहाँ दु:ख टर्छ टारेर
जीत जन्मन्छ नै हारेर
जितिन्दैन आशा मारेर।
१०-०६-२०१३
"समय"
आउने जाने हुदै गर्छ
दैवको मानो भर्नै पर्छ
समय त बलवान् हुन्छ
यसैले सुख दु:ख हर्छ
जो जानेर नै भुल गर्छ
सबैको नजरमा झर्छ।
"सन्देश"
सबैको आउछ पालो
रंग गोरो होस् या कालो
लेखेको भन्दा धेरै त
मिल्दैन एउटा टालो
कसैको नमिच पालो
हटाऊ छलको जालो।
११-०४-२०१३
"अनुरोध"
आज अनि भोली
खेलौ साथी होली
मायालाई साटौ
सधै मीठो बोली
देखिदैन भोली
थाप आजै झोली।
१३-०३-२०१३