![]() |
- पासाङ् तमु गोर्खा,हाल-मलेसिया |
"पवन"
कहाँ छ हरियाली पवन
भनि सधै सोच्ने गर्छ मन
बहलाउदा आफ्नै हृदय
पग्लिदै झर्छ आँसु झनझन
फर्की आउनु तिमी पवन
तिम्रै प्रतिक्षामा छ नयन।
२४-०३-२०१३
"आशा"
गार्हो छ पुग्न यो कस्तो रहर
खोजेको जस्तो भेटिन शहर
हत्या र हिन्सा नै चल्छ जता नि
अमृत भनि खुवाउछ जहर
शान्तिमा बाँच्ने सबैको रहर
खोज्दैछन् सबै बिहानी प्रहर।
१७-०३-२०१३
"जिन्दगी"
जिन्दगीको न सुर न ताल
यस्तै रहेछ सधै बेहाल
न पर्खिन्छ समयले यहाँ
न बढाउन सक्छु मै चाल
जिन्दगी न बहन्छ न ताल
अभागीको न भाग्य न काल।
१९-०२-२०१३