![]() |
- कृष्ण उदासी उर्लाबारी,मोरंग |
"प्रेमिका"
यी मेरा आँखाकी रानी
तिमी प्रेमकी निसानी
म त झनै लोभी भएँ
देखेर शुसिल बानी
मेरो साम्राज्यकी रानी
मेटिन्न प्रेम कहानी।
१६-०६-२०१३
"सरकार"
देशको अपाङ्ग सरकार
मुर्दाघाट उसको दरबार
ऊ सोच्दैन विकासको बारे
बरु सोच्ने गर्छ भ्रष्टाचार
साँच्चै नपुंसक सरकार
कहिल्यै भएन बफादार।
१४-०६-२०१३