![]() |
- रञ्जित राई "तेमोरा" मोरंग,हाल- साउदी अरब |
“आग्रह”
कता हिंड्यौ ए नानी! चुल्ठि बाटेर
दुई बित्ते केश त्यो अझै काटेर
जीउडाल राम्रै छ रुप चाँदानी
बानी साह्रै नराम्रो हिंड्छौ ढांटेर
मस्कि मस्कि हिंड्दैछौ चुल्ठि बाटेर
झुटो बोल्दै नहिंड बैश साटेर।
०५-०६-२०१३
“सुझाव”
नेपालको राजनीति
भित्र्या भित्र्यै छ विकृति
गर्नै पर्ने रे चुनाव
कहिंले तोक्ने हो मिति
गर स्वच्छ राजनीति
खुल्छ अनि मितिसिति।
०४-०५-२०१३
“प्रतिज्ञा”
बिहानीको लालीमा
चरी नाच्यो डालीमा
चिरबिर भाकाले
माया बस्यो कालीमा
सूर्योदय लालीमा
लान्छु यसै पालीमा।
माया बस्यो कालीमा
सूर्योदय लालीमा
लान्छु यसै पालीमा।
२९-०५-२०१३
“उदासीन्ता”
सगरमाथा झुक्दैछ
मेचीकाली सुक्दैछ
स्वाभिमानी नेपाली
दुनीयाँले थुक्दैछ
शिर हाम्रो झुक्दैछ
उत्साह यो लुक्दैछ।
२८-०५-२०१३
"जवानी"
फुल्यो जवानी
चल्यो कहानी
रंग नभर्दै
ढल्यो नजानी
मेरो जवानी
भयो खरानी।
“उदासीन्ता”
सगरमाथा झुक्दैछ
मेचीकाली सुक्दैछ
स्वाभिमानी नेपाली
दुनीयाँले थुक्दैछ
शिर हाम्रो झुक्दैछ
उत्साह यो लुक्दैछ।
२८-०५-२०१३
"जवानी"
फुल्यो जवानी
चल्यो कहानी
रंग नभर्दै
ढल्यो नजानी
मेरो जवानी
भयो खरानी।
२०-०५-२०१३