- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday, 29 September 2012

दान राई "झरी"

दान राई "झरी"जीका केस्राहरु
 
- दान राई "झरी"
उदयपुर,हाल- मलेसिया
"जवानी"

तिम्रो त्यो जवानीले
मायालुको खानीले

मोहितै पर्यो मलाई
त्यो आँखाको नानीले

उर्लेको जवानीले
जवानीको पानीले।
                 २३-०९-२०१२

“पुतली”

Thursday, 27 September 2012

अमूर्तबोधी दर्शन- खगेन्द्र लिम्बू

अमूर्तबोधी दर्शनाधारित केहि सन्देशहरू


१. पीर र सेती नदीमा केहि फरक छैन । यिनीहरूले खियाएरै छोड्नेछन् ।
२. अँध्यारोको अनुभूति नहुनु अँधेरी मै बाँच्नु हो । अँध्यारो देख्न सक्नु चेतना हो । उज्यालो मात्र देख्नु अज्ञानी हुनु हो ।
३. खुशी रहनुको कारण हुन्छ । कारकसँग प्रेम छ भन्ने जान्नु पर्दछ ।

Wednesday, 26 September 2012

रुपेश फत्र "अनमोल"

रुपेश फत्र "अनमोल" जीका केस्राहरु
 
- रुपेश फत्र "अनमोल"
पाँचथर ,हाल- मलेसिया
 
"झुस नेता"

शान्ती हुन्छ र! दाजु भाई मारेर
देश बन्छ र! अन्धकार पारेर

सारा जन्ताले चाहेको संविधान,
कहाँ पुर्यायौ पर-पर सारेर

देश हाक्छौ र! जन्ता भोकै मारेर
धनी,गरीबको पर्खाल बारेर ?
                            ०३-०९-२०१२

“यौन उन्मक्त”

Tuesday, 25 September 2012

आलेख- लय,शैली तथा प्रस्तुति

''केस्रा''को लय,शैली तथा प्रस्तुति

            पद्ध्य साहित्यमा अनुप्रासको उच्चारणले पनि स्व:स्फुर्त लय उत्पन्न हुने गर्दछ।विधाहरुमा निश्चित तोकिएको छंद वा बहरमा तोकिएकै मात्रा तथा गणहरुलाई समायोजन गरि लयलाई प्रभावकारी बनाउनु पर्दछ। यसो गर्दा प्रत्येक छन्दलाई पृथक लयमा प्रस्तुत गर्दछ।''केस्रा''मा ''अलङ्कार केस्रा'' बाहेक अन्य ''केस्रा''को

Saturday, 22 September 2012

जी.के.श्रेष्ठ

जी.के.श्रेष्ठ जीका केस्राहरु
 
- जी.के.श्रेष्ठ
भोजपुर,हाल- यु.ए.ई.
"सम्झना"

हराएँ म पनि
हरायो चाँदनी

तिम्रै सम्झनामा
दिन बित्दै छ नि

कल्पिन्छु म पनि
खोजेर रोशनी।
        १३-०९-२०१२

"दोधार"

Thursday, 20 September 2012

बहस- केस्रा लेखन

"बिछोड"

मायाँ तिमीले पहिलै मार्यो
अहिले फेरी बस्तीनै सार्यो

मायाँ र पिरतिको खेलामा
तिमीले पो जित्यो मैले हार्यो

बाँकी थियो केहि आसै मार्यो
अहिलेत झन एकलै पार्यो।
            - पासाङ् तमु [१०-०८-२०१२]
 
साथी समिर:- लेखन कला राम्रो छ।विश्राममा "मैले हार्यो " व्याकरणिक दृष्टिले असहज भयो।लेख्दै गर्नु होला। शुभकामना।

Wednesday, 19 September 2012

मलेसियामा ने.सा.- वर्षात् दर्लामी

           मलेसियामा नेपाली साहित्य
         अनेकन विवशताहरुले मातृभूमिलाई पिठ्यूँ फर्काएर हिँड्नुपरे पनि नेपालीहरुले आफ्नो नेपाली मनलाई सँगै लिएर आएका छन् । समयले हरेक क्षण तिनका हातहरुमा हत्कडी लगाउन खोजे ता पनि श्रृजनाको फूलवारी सजाउन छाडेका छैनन् उनीहरु । सिर्जन–शक्ति कहिल्यै पनि विफल नहुँदो रै’छ साँच्ची नै । त्यसैले त

Tuesday, 18 September 2012

जीवन देवान 'गाउँले'

जीवन देवान 'गाउँले' जीका केस्राहरु
 
जीवन देवान 'गाउँले'
धनकुटा,हाल- मलेसिया

“दिलको घाउ"

प्रेमको कैँचीले काटिएको घाउ
प्रिया ! बिन्ती घरी घरी नबल्झाउ

पुर्ण या अपुर्ण जे जस्तो रहुँ म
तर तिम्रो लागि दिलमा छैन ठाउँ

सक्छौ फिर्ता लैजाउ पीडाको घाउ
र जाउ छायाँले नभेट्ने दुर जाउ।
                                  ३०-०८-२०१२

“विवशता”

विदेशमा छ तन
स्वदेश पुग्छ मन

गाउँ घरको यादले
तान्दो छ झन झन

थामी राख्नुछ तन
कमाउनलाई धन।
                      २९-०८-२०१२

Thursday, 13 September 2012

विविध- रोल्पा गजल परम्परा

      रोल्पा जिल्लाको गजल परम्परा


              नेपाली साहित्यको लेख्यपरम्परालाई अध्ययन गर्दा वि.सं. १८३० को दशकसम्म फर्केर हेर्नुपर्ने हुन्छ । वि.सं. १८२६ मा कवि सुवानन्द दासद्वारा रचित ‘पृथ्वीनारायण शाह’ शीर्षकको कविता नै नेपाली साहित्यका लागि लेख्यपरम्पराको उद्गम विन्दु हो । यसर्थ, नेपाली साहित्यको सबैभन्दा पुरानो विधा कविता नै हो । त्यसै

Wednesday, 12 September 2012

आङ्देम्बे राज सहयात्री

आङ्देम्बे राज सहयात्री  जीका केस्राहरु


आङ्देम्बे राज सहयात्री
पाँचथर,हाल- मलेसिया  
"आव्हान"

बिचार् गरौँ
अघि सरौँ

देश् को लागी
सुबास् छरौँ

केहि गरौँ
लागी परौँ ।
      २८-०८-२०१२

“सम्झाना”

फोटो- छलफल कार्यक्रम

साहित्यकार "प्रकाश आङ्दम्बे " संग एक दिन
    कला र साहित्य विषयक छलफल  कार्यक्रम ,
       २०६९ भदौ २७ गते  पथरी, मोरंग


Tuesday, 11 September 2012

आलेख- ध्यान दिनु पर्ने

केस्रा लेखनमा ध्यान दिनु पर्ने कुराहरु

             हामीले रचिने वा लेखिने जति पनि साहित्यका विषयवस्तुहरु कुनै पनि नौला विषयवस्तु चाहिं हुँदैनन् ।प्राय: यी सबै विषयहरु कुनै न कुनै विधामा लेखि सकिएका छन् ।फरक यति हो हामीले उक्त विषयवस्तुलाई कस्तो शैलीमा,कुन विधाका लागि,कसरी लेख्ने,त्यसमा आफ्नोपन र नयाँपनको प्रयोग कसरी गर्ने सोचमा बिम्ब साथै प्रतीकलाई पनि उल्टै-पुल्टाई चलाखीपूर्ण भई लेख्ने गर्छौ।यध्यपि विज्ञान तथा प्रविधिको खोज-

Monday, 10 September 2012

सानु विस्मात

सानु विस्मात जीका केस्राहरु


सानु विस्मात
खोटांग,हाल-यु.ए.ई.
"दोमन"

उर्लेको तिम्रो जवानी
मेलम्चीको चिसो पानी

काकाकुल काठमान्डौ
बुझाई दे'प्यास नानी

ढल्केर जाला जवानी
किन गर्छौ आनाकानी।
                ३०-०८-२०१२

"अवसरवादी"

Saturday, 8 September 2012

बहस- केस्रा

"निस्ठुरी"
स्वर्ग बाट झर्यौ
मेरै सामु पर्यौ !!

भोको प्यास सबै

Friday, 7 September 2012

आलेख- विषय/समय

केस्रामा विषय वस्तु तथा समयसीमा
        
          साहित्यमा विषयवस्तुहरु असीमित हुन्छन् । एउटा विषयउपर सबैको आ-आफ्नै तर्क-वितर्क,अन्दाज हुने गर्दछ।साहित्यकारहरुले कुनै एक विषयलाई आफ्नै ढंग,शैली र नयाँपनमा प्रस्तुत तथा अभिव्यक्त

Thursday, 6 September 2012

बजिन लिम्बू

 बजिन लिम्बू जीका केस्राहरु
 
 

बजिन लिम्बू
पाँचथर,हाल- मलेसिया
"चोट"

सस्तो माया लाएर
मन्दिरमा धाएर

वाचा गरि बस्नुछ
धोका मात्र खाएर

यस्तो माया लाएर
बाँचे चोट पाएर।

Sunday, 2 September 2012

दिलिप 'सगर' राई

दिलिप 'सगर' राई जीका केस्राहरु 


दिलिप 'सगर' राई

मोरंग
"बोली"

भए माया देऊ बोली
अन्तरहृदय खोली

जूनतारा जडिदिउँला
के राम्रो चौबन्दी चोली

हुन्छ मात्र भन बोली
लिई आउँछु जोरडोली ।

"खाका"

संघीयताको खाका

Saturday, 1 September 2012

आलेख- संरचना र भाव पक्ष

''केस्रा'': बाह्य संरचना र भाव पक्ष

           यतिबेला ''केस्रा'लाई गतिशील बनाउनु भन्दा सतहीमा राखेर बहस गरिंदैछ।गजलसंग सादृश्य गरि खण्डन गरिनु स्वाभाविक नै हो।पध्य ,गध्य वा आख्यान साहित्यबीचको सम्बन्ध अनमेल छ तर पध्य साहित्य विधाहरुबीचको केहि संरचना अवश्य मेल भएको हुन्छ।साथै आख्यान साहित्य विधाहरुबीचको सम्बन्ध पनि