केस्रा सिर्जना र विमर्श
नेपाली साहित्यमा विभिन्न प्रयोगहरू भइरहेका छन् । प्रयोगहरू कुनै वादको रूपमा र कुुनै लेखनको रूपमा स्थापित हुदै छन् ।
गजल, ताङ्का, हाइकू, चोका, सेदोका, रुवाईयातहरू संरचनाको हिसाबले नयाँ लेखनको रूपमा भित्रिएका हुन । यी विधाहरू नेपाली माटोमा जन्मेको भने होइन् । कुनै पनि साहित्यका विधाहरूको आफ्नै संरचना हुन्छन् । विधानमा बाँधिएर लेख्नु त्यसको अनिवार्यता हो । यसले नेपाली साहित्यलाई बृहत बनाउन सहयोग पुग्ने छ । यसैको मेसोमा
केस्रा लेखन जन्मिएको छ । केस्राले मलेसियाामा जन्म पाउयो । चर्चा र लेखन चाँही नेपाली लेखकहरूले नै गरे । नेपाली स्रष्टाहरूबाट नै केस्राका प्रवर्तन हुन । केस्रा २०६८ सालमा घोषणा—पत्रसहित नयाँ संरचनाको प्रस्ताव लिएर आएको हो । घोषणा—पत्रमा केस्रालाई यसरी परिभाषा गरिएको छ:-
 |
समीक्षक- सगुन सुसारा फिदिम,पाँचथर |
‘यथार्थ जीवनको कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण बिषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरी सोही पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै केस्रा हो ।’
माथिका परिभाषा पहिलो परिभाषा घोषणा—पत्रमा गरिएको हो भने बाँकी दुई परिमार्जित लेखमा भएका हुन । यीनीहरूको निष्कर्ष छ
कुनै बिषयवस्तुको खण्ड, अंश वा भागको पक्षमा लेख्नु नै केस्राको मुख्य अभिप्राय हो । साहित्यमा लेखिने यी अंश, खण्ड र भागले पाठकलाई कति सन्तुष्टि दिन सक्छ त्यो त आगतलाई मात्र थाहा छ । हामी त्यसको उपभोक्ता बन्न सक्छौं या सक्दैनौं त्यो पनि समयले नै दिने छ । विचारहरूमा फरकता आउन सक्छ । यो विविधतामा हामी रमाउँछौं । अर्थात यसो हुनु भनेको हाम्रा विचारहरूमा अझ निखारता आउनु हो । केस्रा तीन प्रकारको हुने पनि प्रस्ताव गरिएको छ । यीनीहरूको संरचनाको बारेमा पनि राम्ररी सुत्रहरू सिर्जना गरिएको छ । जस्तो:-
१) आकृति केस्रा:- उठानको दुवै हरफ, विश्रामको दोश्रो हरफ र बैठानको दुबै हरफको अन्तिममा अनुप्रासको