- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday, 31 July 2013

समिक्षा-"मेरिङ्गेन मिक्वा"

    "मेरिङ्गेन मिक्वा" लाई एक नजर लगाउँदा
                                                                              - राज आङदेम्बे 'सहयात्री'
      युवा गजलकार राजकुमार तेयुङ"तरेवा" को "मेरिङगेन मिक्वा" (वेदनाको आँशु) गजल संग्रहमा एक नजर लगाउने अवसर पाएको मा गजलकार "तरेवा"लाइ हार्दिक हार्दिक धन्याबाद टक्र्याउँन चाहन्छु ।
       यो गजल संग्रह भित्र जम्मा गरेर १७ वटा गजल हरु समाबेश छन् प्रत्येक गजल हरुले आम पाठक् तथा सर्जकहरुको मन किन नछोला र ?
कृति:-"मेरिङगेन मिक्वा"
       प्रवासीभुमिमा रहेर पनि विशेष गरेर आफ्नै भाषा संस्कृति र पहिचानलाई जोगाई राख्नु पर्छ भन्ने विचार धारणा बोकेका "तरेवा" वर्तमानमा लिम्बुवान आन्दोलनलाई पनि आँगालेर अगाडि लम्किरहनु भएको छ । यति बेला "नेपाल हाम्रो देश हो लिम्बुवान हाम्रो घर हो" भन्ने नारा चर्कि रहेको बेला "तरेवा"को गजल संग्रह "मेरिङगेन मिक्वा"ले लिम्बुवान हाम्रो घरको लागी एक दर्बिलो इँटा बनेर साथ दिएको छ भन्ने मलाइ लाग्छ ,हुन त यो भन्दा पनि पहिले उँहाको लिम्बु भाषाकै कविता संग्रह "लिम्बुवान माम्मा" प्रकाशित साथै अन्य विधाको पुस्तकहरु पनि प्रकाशित गरिसक्नु भएको कुरा यथावत् नै छ ..गजलकार "तरेवा"प्रतिको यो लगनशीलता केवल एक व्यक्तिलाइ मात्र होइन सिँगो लिम्बुवान भुमिलाई नै आवाश्यक पर्छ भन्ने कुरामा सायद दुई मत नहोला ।लागौँ..
 गजल नः १४
तेन्धङ् चोक्से फेन्आर पता हाङ्साङङे ओ आम्भु हौ
कुलम् लाजेओ तेन्धङ पोङ्ईल्ले ताङ्साङ्ङे ओ आम्भु हौ ।
    साँच्चि नै यि गजलका

केस्रा-प्रशिक्षण

                   केस्रा प्रशिक्षण कार्यक्रम 

साउन १२ गते २०७० // 'उर्लाबारी गजल मञ्च' ले  आयोजना गरेको "केस्रा विधा" प्रशिक्षण कार्यक्रममा उपस्थित केहि सहभागीहरुका साथमा प्रशिक्षक -दिलिप राई 'सगर' [केस्रा प्रवक्ता]

Monday, 29 July 2013

पासाङ् तमु

   पासाङ् तमु जीका केस्राहरु 
पासाङ् तमु
गोर्खा,हाल-मलेसिया 

"पवन"

कहाँ छ हरियाली पवन
भनि सधै सोच्ने गर्छ मन

बहलाउदा आफ्नै हृदय
पग्लिदै झर्छ आँसु झनझन

फर्की आउनु तिमी पवन
तिम्रै प्रतिक्षामा छ नयन
२४-०३-२०१३

"आशा" 

Wednesday, 24 July 2013

सागर सिलवाल

     सागर सिलवाल जीका केस्राहरु 
- सागर सिलवाल
ललितपुर,हाल- यु.के.

"संघर्ष"

मैदान छोड्दिन हारेर
रुदिन म आँशु झारेर

जीवनको अर्थ संघर्ष
कहाँ दु:ख टर्छ टारेर

जीत जन्मन्छ नै हारेर
जितिन्दैन आशा मारेर
१०-०६-२०१३

"समय"

Sunday, 21 July 2013

समिक्षा:- केस्रा सिर्जनामा एक नजर

                          केस्रा: सिर्जनामा एक नजर

                                                                                          -श्रीजन श्री
                                                                                        klcc मलेशिया
                                                                                         १६ जुन,२०१३


      नेपाली साहित्यको मौलिक विधा दाबी गरिएको "केस्रा" सार्वजनिक भएको भर्खर एकवर्ष पुरा भएकोछ। यो एकवर्ष भित्र भए गरेका गतिविधिहरु र केस्राको शैद्दान्तिक पक्षको दलिल पेश गर्दै 'केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज' नामक पुस्तक पनि बजारमा आएको छ। केस्रा लेखन मञ्च र नेपाली केस्रा मञ्च नेपाल,मलेसिया,कतार र युएईको सयुक्त प्रकाशन रहेको यो पुस्तक १५२ पेजसम्म विस्तारित छ।
समीक्षक:- श्रीजनश्री 
      पुस्तकमा कलाकार मनिराइ गोठाले' को आवरण कला, डा.गोबिन्दराज भट्टराइको भूमिका, सुरेन्द्र लिम्बू 'परदेशी'को टिप्पणी, दिप्स शाह, मनि राई 'गोठाले', जीतमान राई 'सविन' र गणेश खड्काको शुभकामना रहेको छ भने 'प्रवक्ताको कलमबाट' शिर्षकमा प्रवक्तात्रय दिलिप राई 'सगर', जीवन देवान 'गाउले' र कृष मगर साथै 'प्रवर्तकको कलमबाट' शिर्षकमा मौलश्री लिम्बूको आफ्नो भनाइ रहेको छ। 
      पुस्तकमा ३ वटा अध्याय रहेकाछन्। 'घोषणा पत्र: (अध्याय क)' अन्तर्गत नेपाली साहित्यमा केस्रा विधाको प्रतिपादन तथा घोषणा पत्र:२०६८/२०१२ मूल शिर्षक रहेको छ। र यो शिर्षक अन्तर्गत शब्द/अर्थ, केस्राको परिभाषा, अवधारणा, स्थानान्तरण/भाषान्तर, केस्राका प्रकार, संरचना , अनुप्रास योजना, र अनुप्रासका आकार-प्रकार, प्राविधिकता, शिर्षक, हरफ, विश्राम-अल्प विश्राम र अर्ध विश्राम,शिल्प, लय, प्रस्तुती, विषयबस्तु, भाषा, वाचन, अवस्था र समयसीमा, कल्पना/परिकल्पना, भूतकाल-वर्तमानकाल

Tuesday, 16 July 2013

सम्मान तथा अन्तरक्रिया

 साहित्यिक सम्मान तथा अन्तरक्रिया

१४ जुलाई २०१३ मा क्वालालम्पुर,मलेसियाको एक सभा हलमा  सम्पन्न भएको साहित्यिक सम्मान तथा अन्तरक्रिया [विधा: केस्रा] को केहि झलकहरु...
विश्व नेपाली साहित्य महासंघ ,मलेसिया को आयोजनामा "साहित्यिक सम्मान तथा अन्तरक्रिया [विधा: केस्रा] कार्यक्रम 

दायाँबाट क्रमश:- मौलश्री लिम्बु,राज आङ्देम्बे "सहयात्री",दीप दर्शन, प्रमुख अतिथि- विश्वासदीप तिगेला [विनेसाम केन्द्रिय अध्यक्ष ] र जीवन देवान "गाउँले" [सभापति एवंम् केस्रा प्रवक्ता]


[विनेसाम द्वारा सम्मानित सर्जक/प्रतिनिधिहरु दायाँबाट क्रमश:- राज "सहयात्री [प्रतिनिधि - नयन साहित्य समाज,जोहोर बारू,मलेसिया ], दीप दर्शन [प्रतिनिधि- उदाउँदो तारा साहित्य समाज,पेनांग,मलेसिया] प्रमिख अतिथि [बीचमा] ,मौलश्री लिम्बु [ साहित्यमा "केस्रा" विधा प्रतिपादनका लागि] र गनिन्द्र विवस [अध्यक्ष -अनाम मण्डली,मलेसिया]

Tuesday, 9 July 2013

रञ्‍जित राई "तेमोरा

  रञ्‍जित राई "तेमोरा" जीका केस्राहरु 
- रञ्‍जित राई "तेमोरा"
मोरंग,हाल- साउदी अरब 

“आग्रह”

कता हिंड्यौ ए नानी! चुल्ठि बाटेर
दुई बित्ते केश त्यो अझै काटेर

जीउडाल राम्रै छ रुप चाँदानी
बानी साह्रै नराम्रो हिंड्छौ ढांटेर

मस्कि मस्कि हिंड्दैछौ चुल्ठि बाटेर
झुटो बोल्दै नहिंड बैश साटेर
०५-०६-२०१३

“सुझाव”

Saturday, 6 July 2013

कृष्ण उदासी

      कृष्ण उदासी जीका केस्राहरु 
- कृष्ण उदासी
उर्लाबारी,मोरंग 

"प्रेमिका"

यी मेरा आँखाकी रानी
तिमी प्रेमकी निसानी

म त झनै लोभी भएँ
देखेर शुसिल बानी

मेरो साम्राज्यकी रानी
मेटिन्न प्रेम कहानी। 
१६-०६-२०१३

"सरकार"

Tuesday, 2 July 2013

समिक्षा:- भुपेन्द्र तिम्सिना

         फ्युजन र कन्फ्युजनमा केस्रा


समीक्षक:- भुपेन्द्र तिम्सिना 
        मान्छेको नविनत सोचसंगै दिन दिनै नेपाली साहित्यको आयतन फैलिरहेको छ । जसबाट यसको शिर पनि अग्लो बनेको छ । नयाँ तरिकाले सोच्नेहरुले सृजनामा नयाँ नयाँ आयाम थप्छन् । एकछिन पूर्वी नेपालपट्टी फर्कने हो भनें आयमेली, राल्फा, सडक कविता, भोक कविता, झर्राेबाद, बुटपालिस हुँदै सृजनशिल अराजकता, रंगबाद, उत्तरवर्ती सोच, तर्कबाद, मुक्त अभियान, छोक (एकलाइने कविता), गेडी, झण्डा कविता, विना शिर्षकको कवितासहितका नविनतम अवधारणाले नेपाली साहित्यको आयतन फराकिलो
बनाउनमा ठुलो मद्धत गरेको देखिन्छ ।
      बिदेशी भूमिमा कडा परिश्रम बेचेर पनि नयाँ नयाँ अवधारणा जन्माउनेहरु बढीरहेका छन् । भयबाद, रेखा कविता, समुच्च विचार, केस्रा लगायतका लेखनका अवधारणा नेपालीहरुले बिदेशमा बसेर जन्माएका छन् । त्यसमध्येको हालसम्मको कान्छो अवधारणा हो केस्रा । मुलत त्यही केस्रामाथीको अन्तरक्रियाको सन्दर्भ हो । नेपाली साहित्य समाज उर्लाबारीले संचालन गर्दै आएको सृजना अनुशीलनमा ०७०