- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 14 September 2013

मौलश्री लिम्बु

    मौलश्री लिम्बु जीका केस्राहरु 
- मौलश्री लिम्बु
झापा,हाल-मलेसिया 

"हस्ताक्षर"

नेता ज्यू ठोक्दिए हुन्छ औठा छाप
अपराध नै होस् या त महापाप

तिम्रो सहमतिले के बिग्रन्छ र !
छँदैछ देशमा सतिको सराप

जता मालामाल त्यतै सहि छाप
आखिर तिम्रै हुनेछ फलिफाप ।
०३-०८-२०१३

"परदेश"



परिश्रम गराउछ यो प्रवास
र मिहिनेत कै खुवाउछ गाँस

रगत-पसिना बगाउनु पर्दा
अल्सेहरु आफूलाई ठान्छन् दास

कर्म गरे जे पनि दिन्छ प्रवास
नत्र चाहिं बनाउछ बदमाश।
२९-०६-२०१३

“झलक’ 



सामुन्ने आएर कोहि गयो
यो दिलमा हलचल भयो

इशारा मेरो नबुझे पनि
मीठो यादमा अल्झेर रह्यो

बेखबर भएर नै गयो
मुटुमाझ सदालाई बस्यो।
२०-०५-२०१३

"भाग्य-विधाता" 

भगवान आएर धेरै नै सोध्यो
ढाडस दिँदै जन्म कुण्डली खोज्यो

स्वर्गको विवरणमा म छैन कि !
शिर झुकाएर नै मलाई ढोग्यो

दयालु बनि हालखबर सोध्यो
अनि अर्को जन्मलाई भाउ मोल्यो ।
१९-०५-२०१३

“तारिफ” 

यो सुन्दरताको तारिफमा
के नै उपमा दिउँ नाममा

छैन तिमीलाई सुहाउने
त्यस्तो केहि वस्तु या उपमा

न कुनै छ शब्द तारिफमा
न मिल्छ तुलना सौन्दर्यमा। 
१७-०४-२०१३

No comments:

Post a Comment