थाकुहाङ् मेरिङ् जीका केस्राहरु
"जून"
![]() |
-थाकुहाङ् मेरिङ् इलाम |
"जून"
जिन्दगी यो चम्काउने जून
खोजि रा'छु भई एक धून
थाहा छैन कता छ भविष्य
प्रयास उही सफल हुन
त्यहि हुन्छ मेरो लागि जून
जान सक्छु मैले उडी छुन।
खोजि रा'छु भई एक धून
थाहा छैन कता छ भविष्य
प्रयास उही सफल हुन
त्यहि हुन्छ मेरो लागि जून
जान सक्छु मैले उडी छुन।
२३-०७-२०१३
"बिन्ति"
सयौमा तिमीलाई चुने
प्रयास छोड टाढा हुने
मलाई खुशी भरि दियौ
त्यसैले दिल भित्र थुने
मनले खाए पछि चुने
अनि त मायाजाल बुने।
२०-०७-२०१३
"अठोट"
जाबो दुई छाक मागेर खान्न
पाउ पर्न कसैको दलान जान्न
सकेसम्म यहाँ साहस गर्छु
बल जफ्ती गरि खोसेर लान्न
पाएँ भनि सधैं सित्तैको खान्न
जति साह्रो नै होस् जीवन धान्न।
१९-०७-२०१३
“अपेक्षा”
संधै भेटौं जस्तो लाग्छ
यस्तै ईच्छा संधै जाग्छ
तिमीसंगै हुन पाउँ
तिमी मेरै जस्तो लाग्छ
र त भोक प्यास भाग्छ।
१८-०७-२०१३
"माया"
सधैं माया गरि काखैमा लिउँला
सयौ जुनी तिम्रै निम्तिमा जिउँला
जति पीडा दिन्छौ उति खपी दिन्छु
अजम्बरी हुने अमृत पिउँला
ईश्वरसँग खुशी मागी लिउँला
मन फाटे दुवै मिलेर सिउँला।
"बिन्ति"
सयौमा तिमीलाई चुने
प्रयास छोड टाढा हुने
मलाई खुशी भरि दियौ
त्यसैले दिल भित्र थुने
मनले खाए पछि चुने
अनि त मायाजाल बुने।
२०-०७-२०१३
"अठोट"
जाबो दुई छाक मागेर खान्न
पाउ पर्न कसैको दलान जान्न
सकेसम्म यहाँ साहस गर्छु
बल जफ्ती गरि खोसेर लान्न
पाएँ भनि सधैं सित्तैको खान्न
जति साह्रो नै होस् जीवन धान्न।
१९-०७-२०१३
“अपेक्षा”
संधै भेटौं जस्तो लाग्छ
यस्तै ईच्छा संधै जाग्छ
तिमीसंगै हुन पाउँ
मनले नि यही माग्छ
तिमी मेरै जस्तो लाग्छ
र त भोक प्यास भाग्छ।
१८-०७-२०१३
"माया"
सधैं माया गरि काखैमा लिउँला
सयौ जुनी तिम्रै निम्तिमा जिउँला
जति पीडा दिन्छौ उति खपी दिन्छु
अजम्बरी हुने अमृत पिउँला
ईश्वरसँग खुशी मागी लिउँला
मन फाटे दुवै मिलेर सिउँला।
१७-०७-२०१३
No comments:
Post a Comment