- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Wednesday, 30 April 2014

मीनाश्री पुमा

          मीनाश्री पुमा जीका केस्राहरु 

- मीनाश्री पुमा
खोटांग 

  "आश"

छ मलाई विस्वास
मेरो दिलको खास

जुनी भरिको लागि
छहारी अनि बास

तिमी मै छ विस्वास
पूर्ण मायाको आश 
२५-०२-२०१४

  "धोका"

Monday, 28 April 2014

दिलिप 'सगर' राई

      दिलिप 'सगर' राई जीका केस्राहरु

केस्रा प्रवक्ता:- दिलिप 'सगर' राई
मोरंग 
 "लाहुरे" 

सानु रेलमा चढेर
बिदा भो अघि बढेर

आउला भन्थ्यो लाहुरे
दु:खको पाठ पढेर

ऋणको गाडी चढेर
गयो मनमा गढेर
०४-०४-२०६९

  "नारी" 

Saturday, 26 April 2014

सुन्दर पुरुष "अनुराग"

    सुन्दर पुरुष "अनुराग" जीका केस्राहरु 

सुन्दर पुरुष अनुराग
रोल्पा 
  "रहर"

संगै बाँच्ने संगै मर्ने
चितामाथि संगै पर्ने 

रहर धेरै  थ्यो मेरो 
सिउँदोमा सिन्दुर भर्ने 

वाचा टुट्यो संगै मर्ने 
स्वर्गसंगै बसाई सर्ने   

 "गरिब"

Thursday, 24 April 2014

समिक्षा: सुरेन्द्र भण्डारी

      मौलश्रीको केस्रा नियाली सकेपछि

- सुरेन्द्र भण्डारी
बिर्तामोड,झापा 
      बैदेशिक रोजगारीको सिलसिलामा श्रम बेच्न मलेसिया पुगेका एक नेपालीले साहित्य विधामा छुट्टै खोज र अन्वेषण गर्दै 'केस्रा" विधालाई जन्माएका छन् । नेपाली साहित्य आकासमा यो सम्भवतः कान्छो विधाको रुपमा उदय भएको नविनतम् चिन्तन पनि हो । साहित्यप्रतिको रुची, खोज र समायानुकुल फेरबदल कै क्रममा झापाली यूवा मौलश्री लिम्बूले मलेसियामा रहेर सन् २०१२ जनवरी–१ तारिकका दिन मलेसियाको राजधानी क्वालालम्पुरबाट केस्रा विधाको घोषणा तथा दस्तावेज सार्वजनिक गरेका थिए । सृजनशिलता आफूमा एक अब्बल उत्कृष्ट र कालजयी कर्म हो । विचारलाई सकारात्मक, सृजनशील, उर्वर र जीवन–जगतको हितमा व्यवहारतः कार्यान्वयन गराउनु अर्को महान मानवीय कार्य हो । फलस्वरुप नेपाली साहित्यमा आयातित विधाहरुको हिमालचुली चलीरहेका वेला छुट्टै पहिचान र बेग्लै पहिचान खोजिनु आफैमा एउटा महत्वपूर्ण उपलव्धी हो ।
     विश्व साहित्यमा हालसम्म अनेकौ विधाहरु प्रतिपादन भइसकेका छन् । ती विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषामा पनि रुपान्तरण भई स्थापित

Saturday, 19 April 2014

मौलश्री लिम्बू

        मौलश्री लिम्बू जीका केस्राहरु 

   "सहयात्रा" 

अब सम्बन्धको ति जंघार तरौ
दुधको दुध पानीको पानी गरौ

मझधारमा छ सफरको किस्ती
गन्तव्य तोकेर हामी अघि सरौ

छाल मचिए पनि समुन्द्र तरौ
जस्तोसुकै यात्रा होस् खुशीले भरौ l
०६-०४-२०१४

   "चरित्र"

Thursday, 17 April 2014

"सहयात्री" केहि झलकहरु

    "केस्रा -दस्तावेज र सहयात्री' कार्यक्रमका केहि झलकहरु 
२०७० चैत २९  बिर्तामोड,झापा  नेपाल 
कार्यक्रम ब्यानर :- २०७० चैत २९ बिर्तामोड,झापा नेपाल 


बायाँबाट क्रमश: दिलिप सगर राई ,भक्ति प्रसाद पौड्याल ...
        ****   ###   ****  ####  ***
केस्रासंग्रह "सहयात्री" विमोचन कार्यक्रमको केहि झलकहरु 
१३ अप्रिल २०१४ क्वालालम्पुर,मलेसिया 
कार्यक्रमको ब्यानर [क्वालालम्पुर,मलेसिया]

दायाँबाट क्रमश: प्रमुख अतिथि मनि राई 'गोठाले', कृतिकार राज आङ्देम्बे 'सहयात्री',मौलश्री लिम्बू र संचालक जीवन देवान 'गाउँले'

Wednesday, 16 April 2014

'सहयात्री' विमोचन[मलेसिया]

  "सहयात्री"केस्रा संग्रह मलेसियामा विमोचन


दायाँबाट क्रमशः - प्रमुख अतिथि मनि राई 'गोठाले', कृतिकार राज आङ्देम्बे 'सहयात्री', मौलश्री लिम्बू र कार्यक्रम संचालक जीवन देवान 'गाउँले'
राजकुमार तेयुङ मलेसियामा // १३ अप्रिल २०१४
        राज आङ्देम्बे"सहयात्री"को केस्रा संग्रह "सहयात्री"आज मलेसियाको राजधानी क्वालालम्पुरमा विमोचन भएको छ।
      मौलश्री लिम्बूको सभापतित्वमा सम्पन्न भएको सो विमोचन कार्यक्रममा प्रमुख अथिति श्री मनि राई "गोठाले" रहनु भएको थियो। राजकुमार तेयुङ "तरेवा"को स्वागत मन्तव्यबाट अगाडी बढेको विमोचन

Tuesday, 15 April 2014

"केस्रा-दस्तावेज र सहयात्री"

               केस्राको समीक्षा

     - सुरेन्द्र भण्डारी 
बिर्तामोड, चैत ३० । मौलश्री लिम्बूद्वारा प्रतिपादित नेपाली साहित्यको केस्रा विधामा लेखिएको "सहयात्री" केस्रा संग्रहका विषयमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित वालमीकि एजुकेशन फाउन्डेसनको रत्न मेमोरियल हलमा आयोजित कार्यक्रममा उक्त विधाका प्रथम श्रष्ठा राज आङ्दाम्वे सहयात्रीको कृति माथि समिक्षा गरिएको थियो ।
 

Sunday, 13 April 2014

समाचार:- दस्तावेज र सहयात्री समिक्षा

       केस्राको समिक्षा 

बिर्तामोड, चैत ३० । मौलश्री लिम्बूद्वारा प्रतिपादित नेपाली साहित्यको केस्रा विधामा लेखिएको सहयात्री केस्रा संग्रहका विषयमा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित वालमीकि एजुकेशन फाउन्डेसनको रत्न मेमोरियल हलमा आयोजित कार्यक्रममा उक्त विधाका प्रथम श्रष्ठा राज आङ्दाम्वे सहयात्रीको कृति माथि समिक्षा गरिएको थियो । नेपाली लेखक संघ झापाको आयोजनामा सञ्चालीत कार्यक्रम सह प्राध्यापक भक्तिप्रसाद पौड्यालको प्रमुख आतिथ्यमा भएको थियो । संघका झापा अध्यक्ष साहित्यकार गोपालकुमार वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष कृष्ण वरालले स्वागत गरेका थिए । त्यस अवसरमा समीक्षकहरु मुनाराज शेर्मा र लक्ष्मण ढकालले कृति र मौलश्रीद्वारा प्रतिपादित केस्रा विधाको सान्दरभिकताको वारेमा टिप्पणी गरेका थिए । संघका सचिव कुमार भट्टराईले सञ्चालन गरेको कार्यक्रममा केस्रा विधाका प्रवक्ता दीलिप सगर राईले केस्रा विधाको सान्र्धरभिकता बारेमा वोलेका थिए । कार्यक्रमको संयोजन इक्साहाङ्ग लिम्वूले गरेका थिए ।
[पूर्वान्चल दैनिक पत्रिका
 http://purwanchalnationaldaily.com/%E0%A4%95%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A4%AE%E0%A5%80%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE/

Sunday, 6 April 2014

सौगात गजमेर 'मात्र'

    सौगात गजमेर “मात्र” जीका केस्राहरु 

- सौगात गजमेर 'मात्र'
झापा 
  "अनुरोध"

दिए आधार सर्वस्व लुटाई
हास्दै खेल्दै तिम्रो हात समाई

बिन्ति गर्छु तिम्रो पाउ परेर
नछोड मलाई कैले रूवाई

बाँच्ने थोरै सहास ति लुटाई
नजाऊ 'सौगात'लाई तड्पाई।
०८-१२-२०१३

  "बेदना"

Thursday, 3 April 2014

केहि केस्राहरु:- १ [२०१४]

 विकाश विस्मृत,टुकेन्द्र पौरखी र रामजी दुर्गम जीका केस्राहरु 

"वर्तमान"

प्रेमको घात चिन्छु
माया नै फेरि दिन्छु

विश्वासको मोल के
साथ पैसामा किन्छु

भावनालाई चिन्छु
औसर सबै लिन्छु।
०१-०३-२०१४
- विकाश विस्मृत     कालिम्पोङ्ग,पश्चिम बंगाल,भारत 
****    #####    ******

“राजनीति”