आङ्देम्बे राज'सहयात्री' जीका केस्राहरु
"मौनता"
![]() |
आङ्देम्बे राज'सहयात्री'
पाँचथर,हाल-मलेसिया
|
भन्न लागेको कुरा रोकेर
आँखामा तिम्रो छायो मौनता
मनैभरी चाहाना बोकेर
नबोली बस्यौ ओँठ टोकेर
ईशारमा म बोल्थे खोकेर ।
"परिवर्तन"
फेरीयो तिम्रो अङ्ग
पोतेर लालि रङ्ग
बिचरी हिजो देख्दा
न थियो कुनै ढङ्ग
देखेर तिम्रो अङ्ग
दुनियाँ परे दङ्ग ।
"कुलि"
कुली न हुँ ठेला ठेल्छु
बोरा सँग कुस्ती खेल्छु
पसिनाको थोपा पुछ्दै
हत्केलाले सुर्य छेल्छु
दासि मन्को दैलो ठेल्छु
नचाहेरै ज्यानै पेल्छु ।
"के.एल.सी.सी"
के.एल.सी.सी घुम्न जाउँ
छ नि कति राम्रो ठाउँ
मलायको राजधानी
के.एल.भन्छ छोटो नाउँ
सायाङ् सँग भेट्न जाउँ
नासी गोरेङ् किनि खाउँ।
२०-०५-२०१२
"फिर्ता"
तिम्रो नासो
छैन चासो
फिर्ता दिन्छु
भयो पासो
यस्तो नासो
सत्रु हाँसो ।
१७-०५-२०१२
"लोभी"
औँशी पुर्णे ऊ न बार्ने
चुट्ने दाउमा गोरु नार्ने
आँखा लोभी मनै पापी
दिनु परे सँधै टार्ने
ऐँचो पैँचो दिन बार्ने
सित्तै भेटे ढुङ्गै दार्ने।
०४-०४-२०१२
"अनुरोध"
हेर जीवन जिएर
उच्च विचार लिएर
"अनुरोध"
हेर जीवन जिएर
उच्च विचार लिएर
एकै जुनी बाँच्नु छ
हुँदैन है पिएर
केहि गरौँ जिएर
त्यसै नजाउँ खिएर।
११-०५-२०१२
"आगमन"
तिमी आयौ फेरी
मुटु दुख्दा खेरी
बाँधि राख्छु अब
अँगालोमा बेरी
जान दिन्न फेरी
तिमी नै हौ मेरी।
१३-०५-२०१२
"कप्टी"
नबोली बस्छ
मुल्य उ कस्छ
लागेको बानी
सिँगौरी धस्छ
घोप्टेर बस्छ
मुटु नै डस्छ।
"कप्टी"
नबोली बस्छ
मुल्य उ कस्छ
लागेको बानी
सिँगौरी धस्छ
घोप्टेर बस्छ
मुटु नै डस्छ।
२९-०२-२०१२
“दुःख"
हौ ठुले! पसिना धेरै बग्यो
बगेर दुःखः यस्ले न लग्यो
दुःखः को खोपी खेल्दैछु आज
भाग्यले पनि सारै नै ठग्यो
सँघर्षको डुङगा धेरै बग्यो
भेटिएन सुःखः कता डग्यो ?
“दुःख"
हौ ठुले! पसिना धेरै बग्यो
बगेर दुःखः यस्ले न लग्यो
दुःखः को खोपी खेल्दैछु आज
भाग्यले पनि सारै नै ठग्यो
सँघर्षको डुङगा धेरै बग्यो
भेटिएन सुःखः कता डग्यो ?
२६-०२-२०१२
"सुन्दरी"
अप्सरा हौ की परी
साँच्ची नै छौ सुन्दरी
कल्कलाउँदो जोवन
फूलेछ बास्ना छरी
आकाशकी हौ परी
बस्या छौ आँखैभरी।
१९-०२-२०१२
"सुन्दरी"
अप्सरा हौ की परी
साँच्ची नै छौ सुन्दरी
कल्कलाउँदो जोवन
फूलेछ बास्ना छरी
आकाशकी हौ परी
बस्या छौ आँखैभरी।
१९-०२-२०१२
"घायल"
जलेर भए खरानी
पाईन्छ यँहा न पानी
खुनिले लाइन् डढेलो
मन् मेरो मानि नमानी
माथामा घसें खरानी
यस्तै छ मेरो कहानी।
१७-०२-२०१२
"पीडा"
पिरतीले दियो हात
अनि पछि दियो घात
सहनुको सिमा छैन
चोटैचोट्को दियो खात
बेहोशीमा दियो हात
सधै लाग्ने दियो मात।
१०-१०-२०११
[प्रारम्भिक चरणमा लेखिएको आवृति केस्रा]
[ केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि कस्तो लाग्यो कृपया तल..[ १)उत्तम २)राम्रो ३)नराम्रो ] बक्समा क्लिक गरि अभिमत दिनु होला।
[ केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि कस्तो लाग्यो कृपया तल..[ १)उत्तम २)राम्रो ३)नराम्रो ] बक्समा क्लिक गरि अभिमत दिनु होला।
No comments:
Post a Comment