प्रारम्भिक केहि केस्राहरु
"जीवनसँगी"
अझै जीवन छ खाली
मङ्सिरमा है छ पाली
जीवनसँगी सोच्दैछु
जो सोझी हो की छ जाली
उस्को सिउदो छ खाली
साखै दाईकी छ साली ।
- प्रतिमा राई सुब्बा
३०-०४-२०१२
[ आवृति केस्रा ]
*.............*...........*...............*
![]() |
दर्शन योङ्हाङ् लिम्बु - भद्रपुर,झापा |
"अनुरोध"
कुरा एउटा सुनेर
तिम्रै दिलमा उनेर
जताततै बग्न थाले
मुहान मेरो थुनेर
भित्री दिलमा उनेर
मन भरी नै गुनेर।
१८-०३-२०१२
[आकृति केस्रा]
तिम्लाई पाउन घरै छोडि
भावनाको साइनो जोडी
जीवन रथ गुड्दा गुड्दै
तिमी हिड्यौ अन्त बाटो मोडी
फिक्का आज यो दिल छोडि
गयौ किन दिवार तोडी।
१८-०३-२०१२
[आकृति केस्रा]
*............*............*...........*
" व्यथात्मा"
मेरो भन्नु तिमी थियौ
आज एक्लो पारीदियौ
हाँसो मेरो लुटिकन
खुशी सबै सबै पियौ
तिमी मुटुभित्र थियौ
किन मेरो प्राण लियौ।
०६-०३-२०१२
*............*............*...........*
" व्यथात्मा"
आज एक्लो पारीदियौ
हाँसो मेरो लुटिकन
खुशी सबै सबै पियौ
तिमी मुटुभित्र थियौ
किन मेरो प्राण लियौ।
०६-०३-२०१२
[आकृति केस्रा]
*.........*.......*..........*
![]() |
सोम सुवेदी -पांचथर,हाल- मलेसिया |
चल्यो मनको पैरो
पिरती थियो गैरो
हानी मलाई झापट
भई गएछु बैरो
रोक्न खोज्छु म पैरो
खान्छे मेरो नै खैरो।
११-०१-०१२
[आकृति केस्रा]
*..........*..........*...........*
"टाढा"
सम्झदैछु माटोको ऋण
अनि घर छाडेको दिन
सोला हान्दा देब्रे छातिमा
चर्किन्छ मुटु छिन छिन
महँगो त्यो ब्याजको ऋण
गन्दैछु साल दुई तीन ।
-१८-१२-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
अनि घर छाडेको दिन
सोला हान्दा देब्रे छातिमा
चर्किन्छ मुटु छिन छिन
महँगो त्यो ब्याजको ऋण
गन्दैछु साल दुई तीन ।
-१८-१२-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]