![]() |
भरत अधिकारी
तनहुँ,हाल-मलेसिया
|
"याद"
याद आयो तिम्रो अति
दिएँ माया भए जति
पोल्छ छाती भत-भति
आँशु पिई बसौ कति ?
१२-०५-२०१२
"भेद-भाव"
आँगनमा बस भन्छ
आफु निकै ठुलो बन्छ
जात-भात कुरा गरि
कहाँ उस्ले मान्छे गन्छ
म जातमा ठुलो भन्छ
सानो भनि जरो खन्छ।
१८-०३-२०१२
आफु निकै ठुलो बन्छ
जात-भात कुरा गरि
कहाँ उस्ले मान्छे गन्छ
म जातमा ठुलो भन्छ
सानो भनि जरो खन्छ।
१८-०३-२०१२
"नबुझेर"
भाषण सुने तालि ठोकें
जिताएर काँधमा बोकें
नारा जुलुस लगाएर
जनता हिड्ने बाटो रोकें
नबुझी मैले तालि ठोकें
अहिले बुझें जिब्रो टोकें।
०४-०३-२०१२
"नियोजन"
बेला छदै राखे होस
नदेखाउनु त्यो जोश
धेरै भए दु:ख होला
विचार लिनु है ठोस
गरि राख्नु पर्छ होस
कर्मलाई हुन्न दोष।
२७-०२-२०१२
"विद्धुत"
बिल बोकी अफिस धायो
बेकार पैसा तिरी आयो
चाहिने बेला अन्धकार
टुकी बालेर खाना खायो
२३-०२-२०१२
"मेरो माया"
तिम्रो मायाले मुटुमा बिजायो
रातमा सम्झी सिरानी भिजायो
मेरो माया सुटुक्क चोरेपछि
अनि निर्धक्क मायाजाल फिजायो
अतित सम्झदा मुटु बिजायो
काम छोडी अफिस धायो
बेकार दु:ख मात्र पायो।२३-०२-२०१२
तिम्रो मायाले मुटुमा बिजायो
रातमा सम्झी सिरानी भिजायो
मेरो माया सुटुक्क चोरेपछि
अनि निर्धक्क मायाजाल फिजायो
अतित सम्झदा मुटु बिजायो
मेरो माया पराइले रिजायो।
१७-०२-२०१२
[ केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]
No comments:
Post a Comment