लक्ष्मीमाङ चेम्जोङ लिम्बु जीका केस्राहरु
"नाटक"
मन दिएर जाने
आँफै कसम खाने
तिमी बाहेक मैले
अरुलाई भ्रम ठाने
ध्यान लिएर जाने
तिम्रो नाटक माने।
![]() |
लक्ष्मीमाङ चेम्जोङ लिम्बु अङ्सराङ-५,पाँचथर,हाल- मलेसिया |
"होसियार"
लोकतन्त्र अब गल्दैछ
संविधान सभा जल्दैछ
राजतन्त्र फेरी फर्किने
निरङ्कुश हल्ला चल्दैछ
संघियता पनि गल्दैछ
अन्तरिम शिर ढल्दैछ।
२७-०५-२०१२
संविधान सभा जल्दैछ
राजतन्त्र फेरी फर्किने
निरङ्कुश हल्ला चल्दैछ
संघियता पनि गल्दैछ
अन्तरिम शिर ढल्दैछ।
२७-०५-२०१२
"वर्तमान"
उहि ठुलो रे उसको जातमा
उसैले लेख्यो कलमा हातमा
किन बिगार्यौ समाज तिमीले ?
उकास्न सक्छौ कसरी रातमा
सानो ठुलो के फरक जातमा
परिणाम आयो त्यसैको घातमा।
२६-०५-२०१२
“गरिब”
जिन्दगीमा धेरै दु:ख मैले पाएँ
सुखको त्यो चौतारी नि मैले धाएँ
केही क्षण पसिना त सुक्थ्यो अनि
आनन्दले बसि कहाँ मैले खाएँ
अरु भन्दा अति लाज मैले पाएँ
च्यातिएका लुगा सदा मैले लाएँ।
१५-०४-२०१२
“आतङ्क"
जती सक्छौ सक्दो खेल
कहाँ छ नि तिम्रो मेल
देश हाम्रो भए किन ?
सधैं भरि हाल्छौ तेल
हत्या हिंसा गरी खेल
सदा तिम्रो यस्तै झेल !
१५-०४-२०१२
"कल्पना"
तानीरहु लाग्छ नजर
धाईरहु लाग्छ शहर
तिमीसँग यस्तो मोहनी
वाध्य हुन्छु कुर्न डगर
"कल्पना"
तानीरहु लाग्छ नजर
धाईरहु लाग्छ शहर
तिमीसँग यस्तो मोहनी
वाध्य हुन्छु कुर्न डगर
उमेरमा छड्के नजर
गरि देऊ प्रेम कदर ।
१५-०४-२०१२
“चुपचाप"
लोक दु:ख कसैले हेरेन
जस्तो ताल उस्तै हो फेरेन
नाच्ने नाची नै रा'छ मारुनी
दान दिनेलाई पनि टेरेन
कसले दियो केही हेरेन
यतीसम्म हुँदा नि घेरेन।
[आकृति केस्रा]
“चुपचाप"
लोक दु:ख कसैले हेरेन
जस्तो ताल उस्तै हो फेरेन
नाच्ने नाची नै रा'छ मारुनी
दान दिनेलाई पनि टेरेन
कसले दियो केही हेरेन
यतीसम्म हुँदा नि घेरेन।
[आकृति केस्रा]
"विद्रोह"
दु:ख पर्दा कति रुनु
आँशु झारी कति धुनु
जिन्दगीमा हरपल
सर्बहारा कति हुनु
गरीबले कति रुनु
जोर खुट्टा कति छुनु।
०१-०३-२०१२
जिन्दगीमा हरपल
सर्बहारा कति हुनु
गरीबले कति रुनु
जोर खुट्टा कति छुनु।
०१-०३-२०१२
[आवृति केस्रा]
[ केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]
No comments:
Post a Comment