जे.वि.राई "रुमानी" जीका केस्राहरु
"नासो"
यो तिम्रो प्रेमको नासो
भयो दुनियाँको हाँसो
भन कसरी जिउँ म
लट्काई घाँटिमा पासो
![]() |
जे.वि.राई "रुमानी"
मोरंग,हाल- मलेसिया
|
तिमीलाई छैन चासो।
०४-०३-२०१२"पालो"
मै मात्र कति धाउनु
बेकार दु:ख पाउनु
अब भने तिम्रो पालो
मलाई भेट्न आउनु
कहिलेकाहिं धाउनु
यो ज्यानलाई दाउनु।
०४-०३-२०१२
"नियत"
नाता केलाउनुको साटो
बन्दैछौ अन्जान र लाटो
तिम्रो चाला ठिक छैन है
नियतमा छ कालो टाटो
यो साइनो गाँस्नुको साटो
तताए भयो अब बाटो।
०४-०३-२०१२
"गुनासो"
रिसायौ कि कसो तिमी मसँग
झर्किदा पो म त भएँ झसँग
खै के गल्ती भयो मबाट त्यस्तो
टाढिन खोज्दैछौ विना प्रसँग
हिरा मोती सुन छैन मसँग
दुविधामा छु आफ्नै मनसँग ।
०४-०३-२०१२
"राजनिती"
गुट उपगुटको खेल
जालिहरुको जालझेल
राजनिती भन्नु केवल
कहिले जेल अनि नेल
सत्ता,शक्ति,भक्तिको खेल
हुन्न दाजुभाइको मेल।
२५-०२-२०१२
"माया"
पैले माया साटासाट
अनि माया चाटाचाट
संसारको रीतै यस्तो
हुन्छ माया फाटफाट
घट्छ माया साटासाट
अनी माया काटाकाट।
२५-०२-२०१२
"कटाक्ष"
बस्थ्यो घर भाडा तिरेर
हिंड्थ्यो थोत्रे झोला भिरेर
सांच्चै सिंह जस्तै भएछौ
सिंह दरबार छिरेर
सांच्चै सिंह जस्तै भएछौ
सिंह दरबार छिरेर
ढुक्क हौला ॠण तिरेर
गरिब जनता पिरेर।
२४-०२-२०१२