![]() |
कृष मगर
चितवन,हाल:- यु.ए.ई.
|
हत्केलाले सूर्य जब छेकिन्छ
तब देश् मा सबिंधान देखिन्छ
तिरस्कृत् छौँ हामी तिम्रा नियत्ले
लङ्गडाका बस्ती भनी हेपिन्छ
चेतनाका आँधी किन छेकिन्छ
त्यसैले त आशाहरू रेटिन्छ।
१३-०४-२०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"यथार्थ"
लोकतन्त्र मात्रै अरे !
तर कस्ले के नै गरे ?
शहिद्'को नाउँमा खाली
आफ्नै मात्र झोली भरे
मातृ पुकार् सुन्नु अरे
गणतन्त्र रूँदै छ रे ।
- २७-०२-२०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"अचानक"
उनीसँग मेरो मनै फसेछ
अजम्बरी त्यो नाता बसेछ
नसोँचेकै तिमीप्रति मेरो
आशामै आस्थाको मूल रसेछ
कसोगरी यो मन फसेछ
त्यसैले त एकान्तले कसेछ ।
-०४ -०१-२०१२
[प्रारम्भिक उत्तरार्द्ध चरणमा लेखिएको केस्रा ]
"यथार्थ"
ईशले नै हाम्रो प्राण,हाल्ने गर्छ
मृत्यु बनि फेरी श्वास,पनि हर्छ
जन्मिदा त हामी शून्य,भइ आउँछौ
उनैले त सारा ग्यान,हरू भर्छ
लालचमा मान्छे पाप,जब गर्छ
अनि सत्य बाट पर,पर सर्छ ।
-२०-१२-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
तिमी सामु हुँदा व्यथाहरू लुक्छ
रून्छौ जब तिमी मेरो मन चुक्छ
प्याउँलिन्छु त्यसै परपर हुँदा
तिमी वर आए मेरो आँशु सुक्छ
जब तिम्रो रूप आँखाबाट लुक्छ
त्यसैले त मेरो शीर पनि झुक्छ ।
-२४-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
‘’वेदना’’
कत्ति धेरै आँशु दियौ मैले गनिन
जुन छेक्ने खग्रास त्यो नि बनिन
जुन छेक्ने खग्रास त्यो नि बनिन
मेरो बर्वादीको हुरी बन्यौ तिमी
तर पनि तिम्रो शीरमा खनिन
यत्ति धेरै पीँडा थिए तर गनिन
तिमीले धोका दियौ यो नि भनिन ।
-१८-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
"रीत"
आज छोडि सारा भन्न,थाले भोली
भोली त्यस्तै भो बेफ्वाँक,बने बोली
भोली त्यस्तै भो बेफ्वाँक,बने बोली
नियतिका दोषी यिनै,मान्छेहरू
सजाएर दुख चढ्ने,भो लौ डोली
कर्म गर आजै किन,भन्छौ भोलि
माग्नुपर्ला फैलाएर,नत्र झोली ।
१६ -११-२०११
प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
"तिमी"
मन कि रानी
शेर कि सानी
प्राण तिमी हौ
अनि जिन्दगानी
आँखा कि रानी
दया कि खानी
-०९-१०-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
[प्रारम्भिक चरणमा लेखिएको केस्रा ]
No comments:
Post a Comment