"काल"
कस्तो चोट लाग्यो
खुसि सबै भाग्यो
दैव पनि कस्तो
सास मेरै माग्यो
ज्यानै जान लाग्यो
काल यहाँ जाग्यो।
२३-०५-२०१२
२३-०५-२०१२
![]() |
- दान राई "झरी" उदयपुर,हाल- मलेसिया |
"भाग्य"
रोएर नि हास्दैछु
टुटेको मन् गास्दैछु
भाग्य रैछ खोटो यो
खुसिहरु मास्दैछु
बेहोसी मै हास्दैछु
उमेर यो नास्दैछु।
०९-०५-२०१२
"मृत्यु"
मारेर यहाँ जानुछ
सम्झना मात्र लानुछ
मारेर यहाँ जानुछ
सम्झना मात्र लानुछ
नगरौ हामी झगडा
खानु नै आफ्नो मानुछ
संसार छोडी जानुछ
सबैले पीडा खानुछ।
०४-०३-२०१२
"दास"
समयको दास
कहाँ होला बास
जिन्दगी नै एस्तो
के होला नि खास
म त रैछु दाश
छैन अब आश।
२९-०२-२०१२
"साथी"
मेरो यो साथीको जोश
व्यर्थै गुमाउछ होस
आफै गरेर गल्ति त्यो
दिन्छ साथीलाई दोष
होइन त्यो कुरा ठोस।
२५-०२-२०१२
"भोटो"
यो नानीको भोटो
कति साह्रै छोटो
लाज छैन गठ्ठे
खिचाउछौ फोटो
पारदर्शी भोटो
मान्छे हेर्यो मोटो।
१२-०१-२०१२
"चोट"
जब चोट पर्छ
अनि आँशु झर्छ
बच्ने आशाहरु
आफै भित्र मर्छ
रुँदै हाँस्नु पर्छ
खुसि टाढा सर्छ।
१२-०१-२०१२
"नेता"
के गर्छौ नेता सबै जुटेर
नेपाल आमा आफै कुटेर
शान्ति छैन कतै हेर यहाँ
दाजुभाई मै विश्वास टुटेर
विकाश गर्छौ भन्दै जुटेर
देश् कै ढुकुटी लान्छौ लुटेर।
११-०१-२०१२
"घात"
विस्वासमा भयो घात
विना दोष लाग्यो बात
के नै भुल भयो मेरो
छोडी गयौ यहाँ हात
गर्नु रैछ तिम्ले घात
पर्यौ आज दिन मै रात।
०७-०१-२०१२
"टाढा"
गयौ आज छोडी
मेरो दिल तोडी
कहाँ खोजौ अब
हाम्रो जस्तो जोडी
टाढा भयौ छोडी
पराई घुम्टो ओडी।
०४-०१-२०१२
"आवाज"
उठौँ अब नेपाल आमा हँसाऔ
मिलीजुली सुन्दर बस्ती बसाऔ
सर्बत्र चेतनाको बिगुल फुक्दै
सामन्तको पेटमा छुरी धसाऔ
सुख बाँडेर सबैलाई हँसाऔ
चेतनाको पहाड अब रसाऔ।
१८-१२-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
[ केस्रा साहित्यानुरागी मित्रहरु तपाईलाई ब्लगमा प्रकाशित प्रत्येक केस्राहरु अध्ययन पछि कस्तो लाग्यो कृपया तल.. १) उत्तम २) राम्रो ३) नराम्रो...बक्समा क्लिक गरि अभिमत दिनु होला।]
No comments:
Post a Comment