- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 19 May 2012

केशर सुब्बा

 केशर सुब्बा जीका केस्राहरु  

     "माया"
केशर सुब्बा
पाँचथर,हाल- मलेसिया
अँध्यारो त्यो आधा रात
पाईरहुँ मायाको खात

रिसाएरै बोले पनि
कति मीठो तिम्रो बात 

आई दिंदा सधै रात
हुने हो की यहाँ घात।
           २७-०५-२०१२

  "जिन्दगी"

दुई दिने यो चोला
चढ्नै पर्ने त्यो शोला



सबै छोडी जानु छ
निष्ठुरी झै त्यो खोला

घाम छाँयाको चोला
जिन्दगी रै'छ भोला।

                   ३०-०४-२०१२
    "याद"
यो मन धेरै पोलेको
अनि त कुरा खोलेको

तिमी बिना बाँच्नै गाह्रो
लौ सत्ते कुरा बोलेको

हो साँच्चै छाती पोलेको
यादले मुटु घोलेको।
            १३-०४-२०१२


      "माया"

तिम्रो माया नै भयो जाल
यो मोरालाई भयो काल

सम्झनामा तिमी आउदा
माछीलाई झै भयो हाल मायाँ"

म सोझोलाई भयो जाल
सिरानी भिजि भयो ताल।
                         १७-०२-२०१२
[प्ररमभिक उत्तार्द्धमा लेखिएको आवृति केस्रा]
     “प्रेमजाल”
तिम्रो माया भयो जाल
म दु:खीको आयो काल

आँखाबाट सधैं बहने
आँसु बन्यो पीडा ताल


साह्रै पापी रैछ जाल
भन्नै गाह्रो मेरो हाल।
                    १७-०२-२०१२ 
    "बिन्ति"

आँखामा देख्दै छु पानि
किन के भयो र सानी

साथ दिउला सधै म
देउ मलाई जवानी

भन किन पार्यौ पानि
तिमी हौ मायाको खानी।
                      ०४-०१-२०१२
   "वैश"
उमेर मेरो ढलेछ
तेल सरी बलेछ

आज हेरे ऐनामा
मुहार नै जलेछ

यो जोवन  ढलेछ
वैश पनि गलेछ।
              १०-१२-२०११
[प्रारम्भिक चरणमा लेखिएको आकृति केस्रा]