- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday, 28 September 2013

बुद्धि मोक्तान

बुद्धि मोक्तान  जीका केस्रा 
- बुद्धि मोक्तान
काठमाण्डौ,नेपाल 

"गरिबी "

पहाड भयो दु:ख
हराई गयो सुख

नहुँदा कुनै छाप्रो
उज्यालिदैन मुख

जीवन भरी दु:ख
हुर्की नै रह्यो रुख।
०४-०७-२०१३

"बैश" 

Thursday, 26 September 2013

महाकाव्यका बारेमा

         महाकाव्यका बारेमा 
प्रस्तुति:- महादेव अधिकारी
काठमाण्डौ,हाल-यु.ए.ई.

        महाकाव्य लेखन अत्यन्त जटिल र चुनौतिपूर्ण कार्य हो किनभने यसको निम्ति प्रतिभाको समय,सामर्थ्य, साधना, धैर्य र निरन्तर अभ्यासको आवस्यकता पर्छ।आजको हतार र व्यस्त जीवनका बीचबाट लामो समय निकालेर अनि तनाव ग्रस्त मानसिकतामा धैर्य समेटेर महाकाव्य जस्तो गह्रौँ ,प्रतिभा साध्य र श्रमसाध्य प्रबन्धकाव्यको रचना गर्नु सामान्य मानिसका निम्ति सम्भव छैन।'महत्' शब्दमा 'काव्य'शब्दको समास भई वनेको महाकाव्य शब्दको शाब्दिक अर्थ महान् वा ठूलो प्रबन्धकविता भन्ने हुन्छ। कविताको प्रबन्ध विधा अन्तर्गत पर्ने  र आकार प्रकारका दृष्टिले सबैभन्दा ठूलो एवं काव्यिक मूल्य र गरिमाका दृष्टिले सर्वाधिका महान् कविता नै महाकाव्य हो भन्ने अर्थ महाकाव्य शब्दबाटै निस्कन्छ।
 

Tuesday, 24 September 2013

रन काफ्ले

   रन काफ्ले जीका केस्रा 
रन काफ्ले
असम,भारत 

"सहिद'

हो फाँसीमा चढ्नेले 
हाँसी-हाँसी मर्नेले 

स्वाधीन गरे देश 
संघर्षमा लड्नेले 

शत्रु माथि चढ्नेले
मृत्यु रोजे सक्नेले।
०७-०९-२०१३ 
[दृष्टान्त:- प्रयुक्त केस्रामा "स्वरश्रुति अनुप्रास"को प्रयोग गरिएको छ।अनुप्रास संरचना:- च+अ+ढ्+नेले/   म+अ+र् +नेले/   ल+अ+ड्+नेले/    स+अ+क्+नेले ]

"अस्तित्व"

Sunday, 22 September 2013

युद्ध भित्र उभिएका वुद्धहरु

      युद्ध भित्र उभिएका वुद्धहरुलाई नियाल्दा

युद्ध भित्र उभिएका वुद्धहरु

प्रकाशन मिति:- २०५८ 
व्याकुल माइला (प्रदीप कुमार राई)//       नेपाली वाङमयको श्रीवृद्धि गर्ने कार्यमा हङकङमा रहेका नेपालीहरु विगत एक दशक यतादेखि सक्रियरुपमा लागिपरेकाछन् । नेपाली साहित्यको संस्थागत विकास गर्न नेपाली साहित्य प्रतिष्ठान,हङकङको स्थापना तात्कालीनमा नै भएको हो । जसले त्यहा नेपाली साहित्य र सांस्कृतिक विषयमा विभिन्न कार्यक्रमको आयोजना गर्नुका साथै पत्रिका र पुस्तकहरु प्रकाशन गर्ने कार्य गर्दछ । त्यसै क्रममा आफ्नो पहिलो कृतिको रुपमा युवाकवि टंक सम्वाहाम्फेको ' युद्ध भित्र उभिएका वुद्धहरु ' नामक कविता संग्रह प्रकाशित गरेकाछन् ।
       टंक सम्वाहाम्फे काठमाडौको साहित्यिक माहौलमा चर्चा परिचर्चा पाईरहने नाम नभएर पनि विगत दुइ दशकदेखि नेपाली साहित्यको साधना गरिरहने एक परदेशी कुशल कवि हुन् । मुटुभित्र आफ्नो देशप्रतिको अगाध माया साच्नेहरुलाई भूगोलको जुनसुकै कुनामा बसे पनि आफ्नो देशको सेवा गर्न राज्यको सीमारेखाले नरोक्दो रहेछ । जसको उदाहरण ' युद्ध भित्र उभिएका

Friday, 20 September 2013

प्रेम श्रेष्ठ "दीन"

      प्रेम श्रेष्ठ "दीन" जीका केस्राहरु
प्रेम श्रेष्ठ "दीन"
संखुवासभा,हाल-मलेसिया 

"चेतावनी"

न प्रचण्ड न त बाबुराम
यो चुनावमा मरमधाम

ब्यर्थै मान्छे मारेर खतम
बुझ है जनताले तमाम

मान्छे चै विद्धान अनि राम
गर्छन् सधैं  मान्छे मार्ने काम
०८-०९-२०१३
[दृष्टान्त:-प्रयुक्त केस्रामा दश लिपि चिन्हको प्रयोग गरि लेखिएको छ साथै मुख्य अनुप्रास तथा अनुप्रासको स्वर उच्चारण "आम"  भएको हुनाले यहाँ प्रयोग भएका अनुप्रासहरु :- राम/धाम/माम/राम/काम  हुन् ]


"गरिबी"

Wednesday, 18 September 2013

सामान्य बहुरंगवाद

       सामान्य बहुरंगवाद
                                                      -धर्मेन्द्रविक्रम नेम्बाङ

परिभाषा कविताको 
         कविताले समाजमा जीवनसँग हिँड्दै लामो समय पार गरेको सन्दर्भमा विभिन्न समयमा विभाजित लोकेसनबाट छिन्नभिन्न तरिकाले परिभाषा सार फेरिँदै आएको छ। अंगे्रजीमा बिवुल्फदेखि होस् या नेपालीमा सुवानन्द दासको साढ्याको कवित कविताबाट होस्, यसले लामो यात्रा पार गरेको छ। यसबीचमा विभिन्न क्षेत्रको संगठित या वैयक्तिक अध्ययन, व्याख्या गर्ने क्रमको क्रियाशील निरन्तरता चलिरहेको छ। परिभाषा, खेलन, व्याख्या, विश्लेषण, व्यवहारको नजरमा निक्कै घुलमिल भएको छ। कतिपय घम्साघम्सी व्याख्याको अवधारणाहरू पनि थोपरिने, थुपारिने क्रम छ। विश्लेषणमा विद्वानवर्गले आफ्नो हात माथि पार्न गर्ने पहल त छँदै छ। यो व्याख्याको थाकमा जेठो कुरो के हो भने कविताको परिभाषा

Sunday, 15 September 2013

केस्रा>मधुपर्क पत्रिका

                  "मधुपर्क" मासिक साहित्यिक पत्रिका


'मधुपर्क' २०७० असोज, पूर्णाङ्क ५३२ मा प्रकशित पुस्तक परिचय "केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज "
 उक्त अंकमा श्रीओम श्रेष्ठ "रोदन" द्वारा 'नवीन लेखनको दस्तावेज' शिर्षकमा पुस्तक समीक्षा तथा विधाको चर्चा

 

उक्त अंकमा प्रकाशित मौलश्री लिम्बु जीका केहि केस्राहरु 

Saturday, 14 September 2013

मौलश्री लिम्बु

    मौलश्री लिम्बु जीका केस्राहरु 
- मौलश्री लिम्बु
झापा,हाल-मलेसिया 

"हस्ताक्षर"

नेता ज्यू ठोक्दिए हुन्छ औठा छाप
अपराध नै होस् या त महापाप

तिम्रो सहमतिले के बिग्रन्छ र !
छँदैछ देशमा सतिको सराप

जता मालामाल त्यतै सहि छाप
आखिर तिम्रै हुनेछ फलिफाप ।
०३-०८-२०१३

"परदेश"

Wednesday, 11 September 2013

डम्बर धिमाल "प्रकृति"

    डम्बर धिमाल "प्रकृति" जीका केस्राहरु 
- डम्बर धिमाल "प्रकृति"
उर्लाबारी,मोरंग 

"जिद्दी"

यो सपना कति सुरा
हुदैन कहिल्यै पुरा

मनले जे सोचे पनि
कल्पित चुकेको चुरा

स्वर्णिम सपना सुरा
यो उसैको जिद्दी कुरा ।

"हेला"

Sunday, 8 September 2013

दस्तावेज [अध्याय-ख,भाग-१]


        साहित्यमा “केस्रा” विधाको प्रादुर्भाव तथा विमर्श 

                                                [पृष्ठ ५३-५६]
विषय प्रवेश: 
         विश्व साहित्यमा अनेकौ विधाहरु प्रतिपादन भईसकेका छन्।ति विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषाहरुमा पनि भाषान्तर/रुपान्तर भई स्थापित भई सकेका छन्। केहि विधाहरु भने सोहि राष्ट्र र भाषामा पनि अप्रचलित भएर समयको कालखण्डसंगै लोपन्मुख भईसकेका छन् केहि भईरहेका छन्।साहित्य सिर्जनामा विधाहरुको महत्व भनेको पहिचान,अनुशासित,सुशोभित गर्नका लागि निर्धारित विधान हो।लोकलाई अर्पण गरिएको विधान लोकले झट्टै स्वीकार नगरेता पनि यदि समय सापेक्ष छ भने सबैलाई मान्य हुनुका साथै लोकप्रिय हुँदै जाने नै छ।समय र परिवेश बमोजिम कतिपय

Wednesday, 4 September 2013

थाकुहाङ् मेरिङ्

  थाकुहाङ् मेरिङ् जीका केस्राहरु
-थाकुहाङ् मेरिङ्
इलाम
 

"जून"

जिन्दगी यो चम्काउने जून
खोजि रा'छु भई एक धून

थाहा छैन कता छ भविष्य
प्रयास उही सफल हुन

त्यहि हुन्छ मेरो लागि जून
जान सक्छु मैले उडी छुन
२३-०७-२०१३

"बिन्ति"