रुपेश फत्र "अनमोल"जीका केस्राहरु
"भूमिमुक्तिको आन्दोलन"
भूमिमुक्ति कै लागि लड्छु
पुर्खाले जित्या कथा गड्छु
लिम्बुवान मेरो माटो हो
मरे मेरै माटोमा सड्छु
विरोधीसँग सदा लड्छु
बिद्रोह गर्दै अघि बड्छु।
 |
रुपेश फत्र "अनमोल" भारपा-३,पाँचथर,हाल- मलेसिया
|
१३-०५-२०१२
“एक जुनी"
एक जुनी हो मान्छेको चोला
थाहा छैन मरेसी के होला
दु:ख लुकाएर जिन्दगीमा
हासो खुसीको बोक्नु छ झोला
खुसि तर छोटो छ यो चोला
जिन्दगी हो बगी जाने खोला।
२४-०३-२०१२
"उनको रोजाई"
मलाई सबै भन्दा राम्रो ठान्छे
अनि हात समाई तान्दै लान्छे
सयौ मान्छेको अगाडी उभ्याई
मायालु चुम्बन गालामा खान्छे
जीवन साथि मलाई पो ठान्छे
दिलको राजा नि मलाई मान्छे।
१४-०३-२०१२
"बेहोश"
दु:खै-दु:खको कथा सुन्छ
बलिन्द्र आँशु झार्दै रुन्छ
पर्देशी लोग्नेको मृत्युले
सिउदोको सिन्दुर धुन्छ
अकस्मात् यो घटना सुन्छ
अनि रुँदै बेहोश हुन्छ।
०७-०३-२०१२
"स्वार्थी नेता"
उ आउछ अनि एकै छिनमा जान्छ
सयौको बीचमा आफै ठूलो ठान्छ
नेता हुँ भन्दै धेरै भाषण गर्दा
झुठ बात गर्न लामो सास तान्छ
भोट माग्न मात्रै गाउँ घर जान्छ
त्यसबेला उ जनतालाई मान्छ।
०५-०३-२०१२
"खुसि"
तिम्रै सामु छु आ'को
टाई -सुट छु ला'को
एक्लो यो जीवनमा
तिम्रो साथ छु पा'को
चोखो माया छु ला'को
धेरै खुसि छु भा'को ।
२३-०२-२०१२
[प्रारम्भिक उत्तार्द्ध चरणमा लेखिएको आवृति केस्रा]
"यादमा"
रोएँ म त झस्केर
मुटु मेरो चस्केर
हाम्रो त्यो प्रेमकथा
गयो तल खस्केर
होश खुल्यो झस्केर
बासी प्रेम पस्केर ।
२६-११-२०११
[प्रारम्भिक चरणमा लेखिएको केस्रा]
"मेला"
हाट मेला धाएर
माया प्रिती लाएर
हास खेल नै गरौ
मीठो गीत गाएर
चोक डाँडा धाएर
प्रेमिका नी पाएर ।
१५-१०-२०११
[प्रारम्भिक चरणमा लेखिएको आकृति केस्रा]