- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday, 31 December 2012

मौलश्री लिम्बू

                      मौलश्री लिम्बू जीका केस्राहरु
  
- मौलश्री लिम्बू
झापा,हाल-मलेसिया
  "चाटुकार"

हे !प्रिय मित्र तिम्रो हर कुरा
मुखमा राम बगलीमा छुरा

छद्मवेशी हिमचिम भो अब
यता या उता बनिदेऊ पुरा

कलियुगमा तिम्रो चाटु कुरा
लाग्छ नारद जी थिए बेसुरा ।
                                          ३०-१२-२०१२

Thursday, 27 December 2012

मन कुमार"तुखेसा"

   मन कुमार पारघरी "तुखेसा" जीका केस्राहरु



- मन कुमार पारघरी "तुखेसा"
तेह्रथुम,हाल-कतार
"जिन्दगी"

भत्किएको पुल
सुकि जाने मूल

धर्तिमा जन्मिनु
भयो ठूलो भूल

तरि जाने पुल
झरि जाने फूल।

"बैगुनी"

Tuesday, 25 December 2012

जीवनी:- भानुभक्त आचार्य

               भानु उदाएको ठाउँ:
- भानुभक्त आचार्य
जन्म १८७१, मृत्यु १९२५
         नेपालका कौडिन्य गोत्रिय आचार्यबंशीहरू भारतको कान्यकुब्जबाट जुम्ला आएका थिए।आचार्य कुनै जातिविशेष नभएर पदवीबाट बनेको थर हो।जुम्ला राज्यका तत्कालीन राजाले अरणी मन्थन नगरीकन अग्नी उत्पादन गर्न सक्ने कोही छ? भन्दा कान्यकुब्जबाट आएकाहरूले हामीलाई आचार्यको सम्मान दिनेभए सक्छौ भनेपछि तिनीहरूको थर आचार्य रहन गयो।तनहूँमा रहेका आचार्यहरू कान्यकुब्जबाट जुम्ला, पाल्पाको धरमपानी हुँदै तनहूँ प्रवेष गरेको देखिन्छ।
         चौवीसी राज्यशासनकाल तनहूँमा सेन राजाहरूले चुँदीका आचार्यहरूलाई भूमीदानसमेत दिएको देखिन्छ। यसका आधारमा यिनीहरू पाल्पाबाटै सेनबंशी राजाहरूसंगै तनहूँमा आएको देखिन्छ।१९औ शताब्दीको दोस्रो दसकतिर अग्नीश्वर उपाध्यायबाट श्रीकृष्ण आचार्यको जन्म भएको थियो। अग्नीश्वरका सन्तान जन्मदै मर्दै गरेकाले श्रीकृष्ण जन्मनासाथ गोबरसित जोखिएकोले उनको बोलाउने नाम जोखुपाध्य

Sunday, 23 December 2012

सन्दर्भ: पृथ्वी प्रलय

                  केस्रा र पृथ्वी प्रलय:

‘केस्रा’ दृष्टिकोण:         
      साहित्यको विधागत रुपमा ‘केस्रा’विधाको प्रतिपादन भएको हो।यसको प्रमुख विशेषता भनेको कुनै पनि विषय वा घटनाको सूक्ष्म अवस्थाको गहिर्याईमा पुगी त्यसको वैचारिकता उद्गार गर्नु हो।विषय वा घटनाको विमर्श गर्दा त्यो नै सबैको लागि अन्तिम सत्य नहुन सक्छ तर सो अवस्था वा सन्दर्भको लागि भने रचनाकारको अन्तिम निष्कर्ष अनिवार्य हुनु पर्दछ।सामान्यतय: हरेक विषय वा अवस्थाको दुई पक्ष हुने गर्दछ,सकारात्मक वा नकारात्मक,ठीक वा बेठीक,हुन्छ वा हुँदैन आदि।द्वुविधा वा तटस्थ स्थितिमा कुनै पनि

केहि केस्राहरु- १३

अनिरूप रसाईली र जी.के.श्रेष्ठ जीका केस्राहरु
 
- अनिरूप रसाईली
कास्की,हाल-साउदी अरब  
   "तिहार"

संघारमा टेक्दा तिहार
विदेशीको फुस्रो निधार

बन्धकीमै सड्यो जिवन
स्वप्न कैले हुने साकार

झिलीमिली हुँदा तिहार
सम्झि रोएँ म परिवार।
                                 १२-११-२०१२

   “किन भेद”

Thursday, 20 December 2012

सन्दर्भ:- पृथ्वी प्रलय-३

सन्दर्भ: पृथ्वी प्रलय - 'के भन्छ भयवाद र केस्रा '

       २१ डिसेम्बर २०१२  प्रति आम मानिसमा छाइरहेको त्राससंग भयबादको सम्बन्ध र अपेक्षा कस्तो छ।बिस्तृत छोटकरीमा जान्न सकिन्छ।
जीवनसँग गाँसिएको यो प्रश्न जो जससँग सम्बन्धित छ:
क].  १) उत्तर आधुनिकता    २) मार्क्सवाद    ३) अस्तित्ववाद    ४) विकासवाद    ५) मास्लो      ६) विभिन्न धर्महरू
ख]   १) आयामेली    २) लीला लेखन    ३) सृजनशील अराजकता    ४) विशेष रंगवाद    ५) उत्तरवर्ती सोच    ६) मुक्ति अभियान    ७) अमूतबोधी दर्शन    ८) केस्रा     ९) रेखा कविता    १०) नयाँ चेतना
      धेरै छुटेका होलान् । माफी चाहन्छु । यो प्रश्नले वैचारिक कुश्तीको मैदान निर्माण गरेको छ । कसले कसरी आफूलाई मजबूत सावित गर्ने हो । यस्तो वैचारिक विमर्शले सबैलाई फाइदा पुग्छ भन्ने आशयले मैले विचारक,

Wednesday, 19 December 2012

सन्दर्भ:- पृथ्वी प्रलय -२

   सन्दर्भ:- पृथ्वी प्रलय – “के भन्छ धर्मशास्त्र”

“वेद’शब्दको अर्थ :-...’वेद्मते=ज्ञायते धर्मादिपुरुषार्था अनेन इति वेद:” जसबाट धर्मादि पुरुषार्थलाई राम्रोसंग जान्न,बुझ्न,केलाउन सक्छौ,त्यसलाई ‘वेद’ भनिन्छ।...

सृष्टि कसरी भयो ?
आर्यसिद्धान्त अनुसार:- ...(ऋ. १०।९०।१३।१४ ) ती विराट् पुरुष परमात्माको मनबाट चन्द्रमा उत्पन्न भयो,आँखाबाट सूर्य उत्पन्न भयो,मुखबाट इन्द्र र अग्नि दुवैको उत्पत्ति भयो,प्राणबाट वायु भयो।त्यसै प्रकारले अन्तरिक्ष तथा द्मौ,भूमि आदिको सृष्टि विराट् पुरुष परमात्माद्वारा भयो।

Tuesday, 18 December 2012

दान राई "झरि"

    दान राई "झरि" जीका केस्राहरु

- दान राई "झरी"
उदयपुर,हाल-मलेसिया
"पराई"

मेरो साथ छोडेर
मुटू पनि तोडेर




बन्दै गयो पराई
पराई घुम्टो ओडेर

आँशु मात्र छोडेर
गयौ पाईला मोडेर।
                         १८-१२-२०१२
"पुकार "

Monday, 17 December 2012

सन्दर्भ:- पृथ्वी प्रलय -१

                       के भन्छ नासा:

     नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) अमेरिकी सरकारको एउटा निकाय हो। यो संस्थाले अन्तरिक्ष, एरोनटिक र एरोस्पेस कायर् क्रमहरूको अनुसन्धान गर्छ। सन् १९५८ मा स्थापना भएको संस्था नासाले सन् २०१२ मा पृथ्वीमा घट्न सक्ने सम्भावित दुर्घटनाको हल्लाका विषयमा प्रस्ट पार्ने प्रयास गरेको छ। अहिले विभिन्न मानिसमा देखिएको कौतूहललाई समष्टिमा राखेर नासाले दिएका उत्तरहरूः
 
# सन् २०१२ मा पृथ्वीको अन्त हुने विषयमा व्यापक चर्चा चलिरहेको छ। इन्टरनेटका विभिन्न वेबसाइटले यो कुरालाई सत्य भनेर प्रकाशित गरिरहेका छन्। के ती समाचारहरू सत्य हुन् ?
> नासाः
सन् २०१२ मा पृथ्वी ध्वस्त हुँदैन। पृथ्वीमा तत्काल ४ अर्ब वर्षसम्म कुनै किसिमको खतरा देखिएको छैन। हामीले विश्वका विभिन्न वैज्ञानिकहरूबाट सन् २०१२ मा पृथ्वीलाई कुनै किसिमको खतरा नभएको रिपोर्ट पाइरहेका छौं।

Saturday, 15 December 2012

भयवाद:- भयको क्षेत्र

                  भयको क्षेत्र :

           चित्र नं. २ मा एकै साथ दुइटा चित्रहरू छन्, तल्लो र माथिल्लो । माथिल्लो चित्रमा जन्म र मृत्यु रेखा, चेतना रेखा र भय मण्डल छन् । चेतना भएपछि ज्ञान हुन्छ र ज्ञान भएपछि भय हुन थाल्छ । तल्लो चित्रमा साधारण र दुर्घटना अथवा मृत्यु रेखा र भय मण्डल छन् । बीचमा दर्शन, विज्ञान र धर्म आदिले जोडिएको छ । मान्छेमा जन्मेदेखि मृत्युसम्म नै चेतनाको मात्रा सँगै भयको मात्रा बढ्दै जान्छ । त्यस्तै कुनै घटना हुनु अगाडिदेखि घटना हुने समयसम्मै चेतना रेखा जागृत रहन्छ । माथि देखाइएको ज्ञान रेखा भनेको भय रेखा पनि हो । मृत्युको ज्ञान भएपछि मात्र मान्छेलाई भय हुन्छ । संक्रमक रोग, भूलको ज्ञान भएपछि मान्छेलाई भय हुन थाल्छ । चेतना त ऊसित हुन्छ नै । तर सम्बन्धित

Friday, 14 December 2012

केहि केस्राहरु- १२

डम्बर तुम्बापो,राज कंडेल र तेज राई जीका केस्राहरु

 
-डम्बर तुम्बापो 'बुद्ध"
झापा,हाल-मलेसिया
 
“आकर्षण”

वाह..! रुप छ रंग छ,क्या छ डाल
आहा..! हिडाईमा झन क्या छ चाल

उडाउछ फुर् फुर् हावाको झोंकामा
मयूरपंखी सुन्दर त्यो कपाल

हाई..! कति लचकिलो छ त्यो डाल
सृष्टिकर्ता..! गर्यौ नि यो क्या कमाल।
                                            २१-०८-२०१२


“बर्बादी”

Tuesday, 11 December 2012

स्रष्टा परिचय:- दिलिप "सगर" राई

                 भाग्यको नियति र साहित्यमा नियति
 
       मलेसियाको साहित्यमा अझै नेपालको जनजीवनको बारेमा कलम चलेको छैन । उही दुःख उही पीडा । मलेसियाबाट हामीले यो साहित्य ल्याएका छौ भन्नेहरुले 'त्यहीको परिवेशमा भिजेर श्रमिक जीवनको साँघुरो कुराहरुलाई उक्काएर लैजानसके राम्रो हुन्छु भन्ने तर्कना दिन्छन् दिलिप "सगर"।
साहित्यकार:-दिलिप "सगर "राई"

      यो महिना मलेसियाका चर्चित साहित्यकारको नाममा सूचिकृत भएका दिलिप "सगर" राईले "नियति" नामक लघुकथा संग्रह लिएर आएका छन् । नयन साहित्य समाज जोहोरका अध्यक्ष समेत रहेका उनलाई समाजद्वारा प्रकाशन हुनलागेको संयुक्त लघुकथा संग्रहलाई थाँति राखेर आफ्नो संग्रह ल्याएको आरोप पनि नलागेको होइन । तर मलेसिया जानुभन्दा अगाडि करिब १० वर्ष पुरानो संग्रहलाई नै ल्याएको मात्र भनेर स्पष्टीकरण दिन पनि हत्तु भइरहेका छन् । उनी आफ्नो पुरानो संग्रह ल्याउन त्यसै हतारिएका होइनन् विरामीबाट भर्खर तङ्ग्रिएका सगर भन्छन् -'यसपाला मैले ठूलो खड्गो काटँे । विश्वास गरेर संस्थाको लघुकथा संग्रह निकाल्ने रकम समाजका सहसचिव मित्रप्रसाद बाँसकोटालाई छोडेको थिएँ त्यो साथीसँग सम्पर्कविच्छेद भयो । त्यसैले संस्थाको लघुकथा संग्रह थाँति छ । विरामीबाट बाँच्न सकेँ ।

Sunday, 9 December 2012

ऋषिराम लम्साल

       ऋषिराम लम्साल  जीका केस्राहरु



ऋषिराम लम्साल
स्याङ्गजा,हाल- यु.ए.ई.
“पैसा र मान्छे”

जे गर्नु पर्नेछ गर्छ उसैले
तर थाहा छैन गर्छ कैले

दुई चार लाख टक्र्याउ त,
जस्तो काम पनि गर्छ ऐले

सबै गड्बड गर्छ उसैले
त्यै पैसाको काम गर्छ पैले।
             [आवृति केस्रा ]
                                     २६-११-२०१२

“लाग्यो मोहनी”

Saturday, 8 December 2012

स्रष्टा परिचय:-क्षेत्रप्रताप अधिकारी

              स्रष्टा परिचय: कवि "क्षेत्रप्रताप अधिकारी"


- क्षेत्रप्रताप अधिकारी
         माईती लमजुङ्गबाट घर तनहूँ अउँदा बाटोमा जन्मिएका र कान्छो छोरो भएकाले उहाँको बोलाउने नाम "बाटेकान्छो" रह्यो। "बाटेकान्छो" अर्थात कवि क्षेत्रप्रताप अधिकारी वास्तवमै ढुङ्गाको काप फोरेर उम्रेको पीपल हुनुहुन्छ।एकाउन्न सालको चुनाव प्रचारको लागि गाउँमा आउदा म पनि घरबिदामा थिएँ। उहाँले बुबालाई ढोग दिनु भयो मैले उहाँलाई ढोग दिएँ। फेरी लामो समय हाम्रो भेट भएन र उनान्साठीसाल असारमा म धनगढिबाट काठमाण्डौँ जाँदा उहाँको घरमा पुरानो बानेश्वरमा म गएँ।
         काकी शान्ता अधिकारी सैनिक अस्पताल मा मेजर हुँदा हामीले मेडिकल तालिम गरेका थियौँ उहाँले हामीलाई पढाउनु हुन्थयो। भूपू भएर बस्नु भएको रहेछ।काका साझाप्रकाशनको अध्यक्ष भएर पनि कुनै सुविधा र तलव भत्ता नलिनु भएकोमा काकीले गुनासो गर्नु भयो त्यो पैसा कुनकाममा प्रयोग भएको छ त? भन्नु भयो।

Thursday, 6 December 2012

आङ्देम्बे राज “सहयात्री”

    आङ्देम्बे राज “सहयात्री” जीका केस्राहरु
 
 
- आङ्देम्बे राज “सहयात्री”
पाँचथर,हाल-मलेसिया
"परिचय"

विश्व जित्ने  वीरमान
कम्जोडी चाँही नठान

लेखेकै छु इतिहासमा
अफ्नो छुट्टै पहिचान

सहँदिन अपमान
गोर्खे मर्द भनि जान।

"प्रेम पत्र"

Tuesday, 4 December 2012

अन्तर्वार्ता: दीप्स् शाह

                      मझेरी भलाकुसारी, अंक ९ - (दीप्स शाह)
                                   
                                                                [स्रष्टासँग कुराकानी:- मझेरी सञ्चालक  ०८-०२-२०११ ]
- दीप्स्  शाह
# नमस्कार दीप्स जी! मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, आफ्नो व्यक्तिगत तथा साहित्यिक परिचय दिनुस् न ।
> नमस्कार यहाँलाई पनि! साथै धन्यवाद पनि । म दीप्स शाह, धादिङ् थाक्रे-८ जुगेखोला मेरो जन्मस्थान । विवाहित, हालको बसाइ काठमाण्डौ र तत्काललाई भने बैदेशिक रोजगारको क्रममा मध्यपूर्बी मुलुक इजरायलमा कार्यरत छु । साहित्यिक परिचय भन्नुपर्दा म समाजशास्त्रसँगै नेपाली साहित्यमा स्नातक गरेको साहित्यको विद्यार्थी हुँ ।धेर थोर लेख्छु र साहित्यसँग सम्बन्धित साथीहरूले दीप्स शाह भनेर चिन्नुभएकोछ ।
# साहित्य क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
> साहित्य मेरो रुचिको कुरो थियो सानैदेखि । फुर्सदको समयमा जतिबेला

Monday, 3 December 2012

केशर सुब्बा

         केशर सुब्बा जीका केस्राहरु



-केशर सुब्बा
पाँचथर
"वचन"

नजाउ एक्लो छोडेर !
खाको कसम तोडेर !

आशा दिएर मलाई !
नहिड पाइला मोडेर !

कतै नजाऊ छोडेर !
अन्तै साइनो जोडेर
                             १९-०९-२०१२

    "प्रेम"

लगायौ क्यारे मोहनी टुना !